जालि फटाहाहरुलाई जनकारबाही गर्ने उद्घोष गर्दै एकिकृत माओवादीको मोरङ २ नम्बर क्षेत्रमा ुसंगठन संघर्ष र रुपान्त्रण अभियानु विहिबार हसन्दको गान्धि आश्रामबाट शुरु भएको छ ।मोरङको हसन्दह स्थित गान्धि आश्रामका विहिबार अभियानको उद्घाटन गर्दै एकिकृत माओवादीले सो उद्घोष गरेका हुन् । उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य गंगा श्रेष्ठ प्रभातले सरकारमा भएका राजनीतिक पार्टीहरु संविधानसभा विघटनको पक्षमा रहेको आरोप लगाउदै त्यसो गरिए आफ्नो पार्टीले सडकबाटै संविधान घोषणा तथा नयाँ राष्ट्रपतिको चयन गर्ने बताउनु भएको छ ।आफ्नो पार्टी सहमति र सहकार्यमा विश्वास राख्ने भएको बताउदै सरकारलाई बजेट पारित गर्न तथा हिजोदेखि पूर्णरुपमा संदन खुलाई दिएको बताउनु भयो । उहाँले पार्टीले सक्ने जति लचकता अपनाइ सकेको तर्क गर्दै माओवादीलाई दोष थुपार्दै संविधान बन्न नदिने काग्रेस र एमालेको कुनियतलाई अब जनताले नंग्याउने बताउनु भयो ।यतिबेला संविधान बन्योभने माओवादीले चहेको जस्तो बन्ने भएकोले काग्रेस एमाले संविधान बन्न नदिने नियतमा लागेको बताउदै त्यसलाई भारतले समर्थन गरेको आरोप समेत लगाउनु भयो । भारतिय सेना प्रमुखले नेपालको सेनापति छत्रमानिसंह गुरुङ्गलाई सेना समायोजन कुनैहालतमा हुन नदिनु भन्ने भनाई संविधान बन्न नदिने चल भएको उहाँको तर्क थियो । भारतबाट नेपालको राष्ट्रियताप्रति खतरा रहेको जनाउदै राष्ट्रियताको रक्षाको लागि आवश्यक परे युद्धकालमा खनिएको बंकर प्रयोग गरेर राष्ट्रियताको युद्ध लड्न आफूहरु तयार रहेको बताउनु भयो ।केन्द्रीय सदस्य प्रभातले माओवादी पार्टी फौजि सर्बोच्चताको अन्त्य गरी जनताको सर्बोच्चता स्थायी शान्ति र संघीय गणतन्त्रको पक्षमा रहेको जनाउदै अधिकार सम्पन्न प्रधानमन्त्रिले सेनाको प्रमुखलाई कारबाही गर्दा राष्ट्रपति रामबरण यादवले राजा ज्ञानेन्द्रको सैलिमा रातारात सेनापतिको थमौति गरेपछि नेपालमा फौजि सर्बोच्चता लागू भएको बताउनु भयो ।सरकार चलाउने स्पष्ट जनमत माओवादीलाई भएको बताउदै जनादेशको सम्मान गर्न आफ्नोपार्टीको नेतृत्वमा राष्ट्रिय सरकारको पक्षमा भएको उहाको तर्क थियो ।गान्धि अश्राममा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य प्रभात र २ नम्बर क्षेत्रमा आएका अधियानको कमाण्डर मिरा अधियान कर्मीहरु बालकुमार मगर सुर्य किराती योाजन मुक्ती डिल्लि किराती नरेश हेमभक्त तमु सीताराम बुढाथोकी शिव ति_िम्सना रिता गिरी काँशी भक्त धिमाल लगायतको करिव ५० जनाको अभियान कर्ताहरुलाई लाठि लिएर बसेका पार्टी कार्यकर्ताहरुले सुरक्षा प्रदान गर्नुको साथै स्थ्ाानीयबासीहरुले फुलमाला लगाएर स्वागत गरेका थिए ।कार्यक्रममा शन्थाल हुर्रा राजबंशी माझी मुसलमानहरुको मोहोराम नाच प्रस्तुत गरिएको थियो । मोरङ २ नम्बर क्षेत्रको पाँचै वटा गाविसमा दुई महिना सम्म चल्ने सो अभियानमा स्थानीय जालि फटाहाहरुलाई कम्तिमा एक गाविस एक जनकारबाही गर्ने योजना रहेको पार्टीद्वारा गठित संयुक्त जनआन्दोलन समितिको संयोजक सीताराम बुढाथोकीले बताउनु भयो ।
No comments:
Post a Comment