अयोग्य ठहर्याईएका चारसय भन्दा वढी माओवादी छापामार माघ ११ गते इलामको चुलाचुली स्थित पहिलो डिभिजनवाट घर फिर्ता गरिएको छ । पहिलो डिभिजनमा कार्यक्रमको आयोजना गरि विदाई गरिएको थियो । उत्त विदाई कार्यक्रममा डिभिजन अन्र्तगतका चारसय ७६ जना लडाकु वाहिएको कुरा सयुत्त राष्ट्र सघिय शान्ति मिशन अनमिन का प्रवत्ता मार्टीन लोगनले जानकारी गाराउनु भएको छ । वाहिरीने छापामारहरु अन्र्तगत १ सय १८ जना महिला र तिनसय तिन सय ५६ जना पुरुष रहेका छन् । यसरी विदा भएका छापामारलाई नेपाल सरकारले यातायात खर्च वापत १२ हजार डिभिजनले दश गरि २२ हजार प्रतिव्यत्ती नगद प्रदान गरीएको थियो । विदा भएका आफ्ना साथीलाई क्यान्टोनमेनमा रहने छापामारले सम्झना स्वरुप मायाको चिनो समेत दीएका थिए । विदाई कार्यक्रममा सहभागि छापामार निकै भावुक र आक्रोसित मुद्रामा देखीन्थे । उत्त विदाई कार्यक्रमको प्रमुख आतिथ्य एकिकृत नेकपा माओवादीका सचिवालय सदस्य तथा सेनासमायोजन विषेश सुमितीका सदस्य वर्षमान पुन अनन्तले गर्नु भएको थियो । उहाले उत्त विदाई कार्यक्रलाई सम्वोधन गर्दै नेपालमा वर्षै देखी जडा गाडेको समान्तवादको अत्यकालागि आफुहरुले हतियार उठाएको वताउदै अझैपनि पुरा भइनसकेकाले जनमुत्ती सेनाको भुमिका जिम्मेवारी अझ वढेको प्रस्ट पार्नुभयो । उहाले युद्धकालमा आफुसगै लडेका जनजसेनालाई आज अयॊग्य भएको आधारमा आफैले टीकालगाएर विदा गर्नु परेकोमा दुखलागेको वताउनु भयो । जनसेनाले नेपालमा सवैखालका समान्तवादको अत्य सम्पुर्ण गरिव जनताको मुत्ती आफ्नो पार्टीको एउटैमात्र सर्त भएको भन्दै यो प्राप्ति नभएसम्म जनसेनाको योगदान गरिरहने वताउनु भयो । कार्यक्रममा सयुत्त राष्ट्रसघिय राजनितिक प्रतिनिधी क्याथरिन जोनले यसलाई लडाकुले अवसरको रुपमा लिनु पर्ने वताउनु भएको छ । कार्यक्रममा प्रुेन्च राजदुत युरोपियन यनियनका नेपाल प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । उत्त चुलाचुली पहिलो डिभिजन अन्र्तगत याङसीला टाँडी र दानावारी तिनवटा सहायक शिविर रहेका छन् । यि शिविरमा २ हजार ८ सय १६ जना छापामार रहेका थिए । जसमध्ये १ हजार ९ यय ३५ जना मात्र अनमिनको प्रमाणित गरेको थियो । उत्त डिभिजनवाट आठ सय ८६ जनालाई अयोग्य ठहर्यएको थियो ।
No comments:
Post a Comment