Friday, January 15, 2010

यलम्बरलाई राष्ट्रिय बिभूति घोषणा गर्न माग

किरातीहरुले मान्दै आएको यले सम्बतको नयाँ बर्ष ५०७० सुक्रबार बिभिन्न कार्यक्रम गरी मनाएका छन् । नयाँ बर्षको अबसरमा किरात राई यायोक्खा जिल्ला कार्य समिति मोरङले ुकिरात राज्य स्थापनाको औचित्य विषयक अन्तरकि्रया शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमु गरी नयाँ बर्ष मनाएका छन् ।समितिको अध्यक्ष तिलकप्रसाद राईको सभापतित्वमा भएको कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ मोरङकी सदस्य बालकुमारी लामा किरात याक्थुङ चुम्लुङ्ग जिल्ला सचिव युवाराज लावति लगायतले किरात नयाँसम्बतको शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा आयोजक तथा बक्ताहरुले यलम्बरलाई राष्ट्रिय बिभूति घोषणा गरी यले सम्बतलाई राष्ट्रिय मान्यता दिनु पर्ने बताएका छन् ।यायोक्खा जिल्ला मातहतका प्रारम्भिक कार्य समितिहरु बेलबारी बयरवन पथरी उर्लाबारी शनिश्चरे लगायतले बिभिन्न कार्यक्रमको आयोजना गरी नयाँ सम्बत मनाएकॊ जिल्ला सजल्ला समितिले जनाएको छ ।
त्यसैगरी पथरीको पथरी युवा समूहले ुअनेकतामा एकता किरातीहरुका मौलिकताु भन्ने मूल नाराको साथ माघ १३ देखि १५ गते सम्म मोरङको पथरी-६ सुन्दरी चौकमा बृहत ुयले मेलाु लाग्ााएर नयाँ बर्ष मनाउने निर्णय भएको समितिको अध्यक्ष रंजित लिम्बूले बताए । किरातीहरुको प्रथम हाङ यलम्बरको नामबाट स्थापित सम्बत किरातीहरुले मान्दै आएका छन् । नेपालमा शाही शासनकाल शूरु भए संगै एक जातीय साशकहरुको बिभेदको कारण किरातीहरुको भाषा धर्म सस्कृतिलाई बिभेदपूर्ण ब्याबहार गरेकाले किराती यले सम्बत समेत ओझेलमा पर्दै आएको किरातीहरुले बताउदै आएका छन् ।

No comments: