Thursday, January 14, 2010
जातिय मोर्चाद्वारा सन्धपत्रमा आगजिन
भारत संग अहिले सम्म भएको असमान सन्धि खारेजीको माग गर्दै एकिकृत माओवादी सम्बद्ध जातीय मोर्चाहरुले बिहिबार माध ३० गते मोरङको पथरीमा १९८५ लगायतको सन्धिहरु जलाएका छन् ।पार्टी सम्बद्ध मगर राष्ट्रिय मुक्ती मोर्चा तामाङसालिङ्ग र लिम्बूवान राष्ट्रिय मुक्ती मोर्चाको संयुक्त अयोजनामा आधा घण्टा सवारी आवागमन समेत अबरुद्ध गरी सन्धिपत्रहरु जलाएका हुन् । सन्धिपत्र जलाई सकेपछि भएको कोणसभामा मगर राष्ट्रिय मुक्ती मोर्चाको बालकुमार मगर विकाश तमाङसालिङ्ग मुक्ती मोर्चाको केन्द्रीय सदस्य शन्तोष तमूइतिहाँस र लिम्बूवान राष्ट्रिय मुक्ती मोर्चाको केन्द्रीय सदस्य सुर्य किरातीले बोलेका थिए थियो । त्यसैगरी उर्लाबारीमा धिमाल राष्ट्रिय मुक्ती मोर्चा र बेलबारीमा किराती राष्ट्रिय मुक्ती मोर्चाले सन्धिपत्रहरु जलाएका थिए । कार्यक्रममा भरतसंगको असमान सन्धि -खारेज गर राष्ट्रिय स्वाधिनताको- रक्षा गरौ लगायतका नाराहरु लगाइएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment