Thursday, January 14, 2010
आजदेखि यले सम्बन ५०७० शुरु
किरातीहरुले मान्दै आएको यले सम्बत ५०७० आज माघ १ गतेदेखि शूरु भएको छ ।नेपालको इतिहासं अनुसार गोपाल र महिसपालपछि किरातीहरुले लामो समय सम्म साशन गरेका थिए । किरातीहरुको प्रथम साशक यलम्बरको नामबाट स्थापित सम्बत किरातीहरुले मान्दै आएका छन् । नेपालमा शाही शासनकाल शूरु भए संगै एक जातीय साशकहरुको बिभेदको कारण किरातीहरुको भाषा धर्म सस्कृतिलाई बिभेदपूर्ण ब्याबहार गरेकाले किराती यले सम्बतलाई समेत ओझेलमा परेको किरातीहरुले बताउदै आएको छ । देशमा हुदै आएको बिभेदको चर्को बिरोधहुदै गएपछि किरातीहरुले यस सम्बतको प्रचार-प्रशार तथा प्रचलनमा ल्याउन थालेका हुन् ।पछिल्लो समयमा सचेत किरातीहरुले यलम्बरलाई राष्ट्रिय बिभूति घोषणा गरी यले सम्बतलाई राष्ट्रियरुपमा मान्यता दिनु पर्ने माग गर्दै आएका छन् । किरातीहरुको नयाँ बर्ष यले सम्बतको अबसरमा किरात राईहरुले आज बिभिन्न स्थानमा कार्यक्रमको आयोजना गर्ने भएका छन् । किरात राई यायोक्खा जिल्ला कार्य समिति मोरङले आज समितिको कार्याल्ाय बयरवन-९ कानेपोखरीमा ुकिरात राज्य स्थापनाको औचित्य विषयक अन्तरकि्रया सहित शुभकामना आदान-प्रदान र चियापान कार्यक्रमु नयाँ बर्ष मनाउदै जिल्ला अध्यक्ष तिलकप्रसाद राईले बताए यायोक्खाको जिल्ला मातहतका प्रारम्भिक कार्य समितिहरु बेलबारी बयरवन पथरी उर्लाबारी लगायतले बिभिन्न कार्यक्रमको आयोजना गरी सम्बत मनाउने बताइएको छ । त्यसैगरी पथरीको पथरी युवा समूहले ुअनेकतामा एकता किरातीहरुका मौलिकताु भन्ने मूल नाराको साथ माघ १३ देखि १५ गते सम्म मोरङको पथर६ सुन्दरी चौकमा बृहत ुयले मेलाु लाग्ााएर नयाँ बर्ष मनाउने निर्णय भएको समितिको अध्यक्ष रंजित लिम्बूले बताए । त्यसै गरी झापाको दमकमा किरात भवन संरक्षन समितिको आयोजनामा शुभकामना आदान-प्रदान कार्यक्रम गरी नयाँ बर्ष मनाउने तयारी भएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment