Thursday, December 31, 2009

आदिबासीको नेपाल बन्द

आगामी संविधानमा आदिबासी जनाजातिको अधिकार स्थापित गर्न माग गर्दै ुआदिबासी जनजाति बृहत मोर्चाुले सुक्रबार पुस १७ गते सुक्रबार एक दिने नेपाल बन्दको आव्हान गरेको छ ।संविधानमा आदिबासी जनजातिहरुको अधिकार स्थापना गर्ने जनाउदै कृष्णबहादुर भट्टचनको नेतृत्वमा बनेको सो संगठनमा आदिबासी जनजाति महासंघ जातिय तथा राजनैतिक संगठनहरु समेत संलग्न रहेको छ । सो संगठनले आदिबासी जनजातिहरुको अघिकार उल्लेखित नभएको भन्दै संविधान सभाको उप समितिहरुले पारित गरेर पठाएको आगामी संविधानको लागि पठाएको धाराहरु समेत जलाएका थिए । यसैवीच माच सम्बद्ध संघीय धिमाल स्वायत्त परिषदको अध्यक्ष बाङ्गाई घिमालले आज एक बिज्ञप्ति प्रकासन गरी भोलिहुने बन्द सफल पार्न सहयोग गरिदिन सबैलाई अनुरोध गर्नुभएको छ । उहाँले बन्द गर्नको लागि शसक्त र शान्तिपूर्ण ढङ्गले लाग्न समेत कार्यकर्ताहरुला निर्देशन दिएका छन् ।

लिम्बूवानद्वारा घर जग्गा कब्जा

६ बर्षदेखि एक महिलालाई बेपत्ता पारेको भन्दै माच सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदको कार्यकर्ताहरुले बिहिबार मोरङ उर्लाबारी-६ को एउटा घर र गग्गा कब्जा गरेको छ ।हङकङ्ग बस्दै आएको ममता लिम्बूले आफ्नै बहिनी शुसिला लिम्बूलाई ६ बर्ष अघि बैदेशिक रोजगारीको लागि हङ्कङ्ग पुर् याएका थिए । दुई छोरीकी आमा समेत रहेकी शुसिला हङकङ्ग पुगेको ६ बर्ष बितिसक्दा समेत कुनै माध्याम मार्फत समेत सम्पर्क नर्ग नदिइ ममता लिम्बूले बेपत्ता पारेको भन्दै उनको श्रीमान सुजनकुमार लिम्बूले परिषदको कार्यालयमा उजुरी दिएका थिए । शुसिला हङकङ्ग पुगेपछि उनको श्रीमान सुजन लिम्बू र उनको दुई छोरीहरु बस्दै आएको घर समेत ममता लिम्बूले मेरो लगानीमा बनेको भन्दै अरुलाई भाडामा लगाएपछि बिहिबार करिव ३० जनको संख्यामा त्याहा पुगेको परिषदको कार्यकर्ताहरुले झण्डा र सूचना टाँस गरी कब्जा गरेको जनाएको हो ।हङकङ्गबाट तीन दिन अघिमात्र नेपाल आइपुगेकी ममता लिम्बूलाई समेत परिषदको कार्यालयले नियन्त्रणमा लिएको बुझिएको छ । परिषद सम्बद्ध लिम्बूवान भोलेन्टियस्रको केन्द्रीय उपकमाण्डर मिलन नाल्बोले ६ बर्षदेखि श्रीमान संग सम्पर्क बिहिन शुसिला लिम्बू उपस्थिति नगराएसम्म ममता लिम्बू आफ्नो संगठनको सम्पर्कमा रहने बताउनु भयो । यता परिषदको कार्यालयमा भेटिएकी ममता लिम्बूले भने गएको बर्ष सम्म बहिनी ज्वाईको फोन सम्पर्क रहेको बताउनु भएको छ । श्रीमाति पीडित मानिएको सुजन लिम्बूले जेठिसासु ममता लिम्बूले मेरो जग्गामा घरबनाउदै गर पछि पैसा तिर्नू भनेपछि आफूले बिदेशबाट कमाएर ल्याएको पैसा लगाएर त्याहा घर बनाएको बताउछन् । घर बनाएर श्रीमति हङकङ्ग गएपछि त्यो जग्गा मेरो हो घर अन्तै लैजा भन्नुको साथै श्रीमति शुसिला लिम्बूलाई समेत उचालेर घरखर्चको लागि पैसा नपठाएपछि छोरीहरु लिएर पाहाड तेह्रथुम खुम्लालुङ्ग-२ जानुपरेको बताउछन् । घरमा ताला लगाएर पहाड गएपछि ममता लिम्बूकै निर्देसनमा सुजन बस्दै आएको घरमा लगाएको ताला फोरेर अन्य भाडावाला राखेको समेत लिम्बूको आरोप छ । लामो समयदेखि जेठि सासु ममता लिम्बूकको करणले आफू पीडित बन्नु परेको जनाउदै श्रीमति शुसिलालाई तत्काल नेपाल ल्याईदिनु पर्ने उनले हङकङ्गमा पाउदै आएको पारिश्रमिक छोरीहरुको लागि प्राप्त गर्नुपर्ने सतेत निबेदनमा माग गरेका छन् ।

Wednesday, December 30, 2009

अन्तर शिविरको फुटबलको उपाधि टिमाईलाई र सांगि्रलालाई


मोरङ- भुटानी शरणाथिए शिविरे शनिश्चरे मोरङकामा आयोजित ुअन्तर शिविर युवा च्याम्पेनशिप फुटबल प्रतियोगिताुको उपाधि पुरुषको सांगि्रला स्पोटिङ्ग फुटबल क्लब शनिश्चरे र महिला तर्फ टिमाईले उचालेको छ । बुधबार भएको पुरुष तर्फको फाइनल खेलमा शनिश्चरेकै अम्बिका फाउण्डेसन फुटबल टिमलाई १-० गोलले पराजित गर्दै सांगि्रला स्पोटिङ्ग क्लबले उपाधि हाता पारेको हो । स्रांगि्रलाको खेलाडि शन्तोष बानियाले खेलको अन्तिम समयमा एक मात्र निर्णयक गोल गरेका थिए । महिला तर्फको खेलमा निर्धारित समयमा दुबै टिम गोल रहित बराबारी भएपछि निर्णयको लागि ट्राइब्रेकर गराएका थिए । ट्राइब्रेकरमा टिमाईका खिना खनाल र े उर्मिला समाले गोल गरेका थिए । शनिश्चरे टिमको तर्फबाट भने भुपाकुमारी बिष्टले एकमात्र सान्तोना गोल गरेकी थिइन् ।यस बर्षको ुबर्षा खेलाडि २००९ु खुदुनाबारीकी सिर्जना घले र सांगि्रला स्पोटिङ्ग टिमको खेलाडि सुवास काफ्ले घोषित भएका छन् । दुबैजनालाई शनिश्चरे शिविर स्थित आम्दा अस्पतालद्वारा प्रायोजित ट्रफी प्रदान गरिएको थियो ।प्रतियागिताको महिला तर्फ बेल्डागी-२ की शोभा तिवारी बेष्ट र पुरुष तर्फ खुदुनाबारीका खेलाडि कमल साउदेन ल्पेयर अफ द म्याच घोषणा भए । त्यसैगरी खेल अबधि भरी ३ गोल गर्ने खुदुनाबारीको देवान सेवा र महिला तर्फ २ गोल हान्ने टिमाइको पुजा गुरुङ्ग हाई स्कोरर घोषित भएका छन् । बिजेता तथा उपबिजेता टिमका खेलाडिहरुलाई नगद ट्रफी प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो ।युवा मैत्री केन्द्र वाई।एफ।सी।द्वारा आयोजित खेलमा झापा मोरङको सात शिविरबाट महिला र पुरुष दुबैतर्फको ८-८ टिम सहभागि गराएका थिए । कार्यक्रममा खेलकुद विकाश समिति मोरङको अध्यक्ष दिपेन्द्र धिमाल प्रशिक्षक शन्तोष बानिया शनिश्चरे शिविर सचिव चम्पािसंह राई उपस्थित रहेका थिए । भुटानी शरणर्थीहरुलाई सहयोग गर्दै आएको शरणार्थि सम्बन्धि उच्चायोग यु।एन।एच।सी।आर। र एफ।सी। बार्षिलोनाको सहयोगमा हुने यो फुटबल खेल शिविरकै सबभन्दा ठूलो खेल हो । स्थानीयबासी र शरणार्थिहरुको सम्बन्ध राम्रो बनाउने र शरणार्थी खेलाडिहरुको क्षमता बृधी गर्ने उदेश्यले खेलाइने खेल बर्षमा एक पटकहुने गर्दछ

Friday, December 25, 2009

शरणार्थि शिविरमा फुटबल प्रतियोगिता शूरु

भुटानी शरणार्थी खेलाडिहरुको क्षमाता विकाश र स्थानीयवासीसंग शरणार्थीको सम्बन्ध सुमधुर बनाउने उदेश्यले शरणर्थी शिविर शनिश्चरेमा ुइन्टर क्याम्प युथ च्याम्पेनशिप फुटबल प्रतियोगिताु बिहिबारदेखि शूरु भएको छ ।युवा मैत्री केन्द्र वाई।एफ।सी।द्वारा आयोजित महिला तर्फको बुक्रबार भएको प्रतियोगितामा बेलडागि-२ लाई १-० ले पराजित गर्दै शनिश्चरे शिविर प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेको छ । शनिश्चरेको तर्फबाट एकमात्र निर्णयक गोल डम्बरकुमारी दर्जीले गरेकी थिइन् ।त्यसैगरी पुरुष तर्फको खेलमा ट्राइब्रेकरको सहायताले बेलडागी एकलाई ५-३ गोल अन्तरले पराजित गर्दै गोलधाप दोस्रो चरणमा प्रवेश गरेको छ ।खेल अबधिभर गोलधापको सागर हुमागाई र बेलडागी एकको मनबहादुर सारुले १-१ गोलको बराबरीमा खेल सपाप्त भएपछि निर्णयको लागि ट्राईब्रेकर गराउनु परेको थियो । ट्राइब्रेकरमा गोलधापको खेलाडिहरु धनबहादुर राई टंकनाथ गजमेर बुद्धबीर सुब्बा कैलाश राई र सागर हुमागाईले गोल गरेका थिए । बेलडागी एकको तर्फबाट बुद्ध गुरुङ्ग कुमार गुरुङ्ग र गम्भीर गुरुङ्गले गोल गरेपनि बिसर्िका सुब्बाले हानेको गोल बिपक्ष टिमका गोल रक्षकले छेकेपछि सो टिम पराजित भएका हुन् ।सुक्रबारको खेलको महिला तर्फको म्यान अफ द म्याच बेलडागी २ को खेलाडी शोभा तिवारी र पुरुष तर्फको खेलमा बेलडागी १ को गम्भीर गुरुङ्ग घोषित भएका छन् ।आजको खेल महिलातर्फको शनिश्चरे र गोल्धाप तथा पुरुष तर्फको खेलमा खुदुनाबारी र बेल्डागी २ बीच हुने आयोजक वाई।एफ।सी।sाे संयोजक प्रेम धितालले बताउनु भयो । बिहिबार भएको खेलमा महिला फर्त बेलडागी १ लाई पराजित गर्दै टिमाई र पुरुष तर्फको खेलमा बेलगाडिलाई पराजित गर्दै शनिश्चरे दोस्रो चरणमा प्रबेश गरेको थियो ।शरणार्थी सम्बन्धि उच्चायोग यु।एन।एच।सी।आर। र एफ।सी बासर्िलोनाको सहयोगमा यो खेल शिविरको लागि अन्तिम खेल भएको आयोजकले जनाएको छ । खेलमा झापा-मोरङको सातै शिविरको महिला ८ र पुरुष ८ टिम सहभागि हुने आयोजकले बताए ।

देश अनिश्चततातिर पुग्ने गम्भीर खतरामाः भण्डारी


रक्षामन्त्री बिद्या भण्डारीले बर्तमान सरकार निर्धारित समयमै संविधान बनाउने कुरामा प्रतिबद्ध भएपनि माओवादीले फैलाईरहेको अराजकताले गर्दा समयमा संविधान बन्नेकुरामा संका पैदाहुदै गएको बताउनु भएको छ । मोरङको उर्लाबारी मंगलबारे स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको नवौं बार्षिक साधारण सभालाई सुक्रबार उद्घाटन गर्दै मन्त्री भण्डारीले सो कुरा बताउनु भएको हो ।उहाँले देश संक्रमणकालिन जटिल र कठिन परिस्थितिमा गुजि्ररहेको बताउदै समयमा संविधान नबने देश अनिश्चितता तिर जाने जनाउदै त्यसको सम्पूर्ण जिम्मेवारी एकिकृत माओवादीले लिनुपर्ने बताउनु भयो । मन्त्री भण्डारीले माओवादी सेना लडाकु र वाइं।सी।एल।sाे ब्याबस्थापन नभए सम्म संविधान निर्माण भएपनि कार्यन्वयन हुन नसक्ने बताउदै त्यसका लागि पहिला माओवादीको सेना समायोजन हुनुपर्ने बताउनु भयो ।बहुमत पुर् याएर संसद मार्फत सरकार बनाउने आधारहुदाहुदै माओवादी सडकमा गएको उल्लेख गर्दै सडकमा उप्रुेर २२ दलको समर्थन रहेकॊ कसकार नढल्ने बताउनु भयो । माओवादीले संसदमा महुमत पुर् याउन नसकेपछि नागरिक सर्बोच्चताको नाम लिएर माओवादी सर्बोच्चता खोजिरहेको मन्त्री भण्डारीको बिश्लेसन थियो । बृहत शान्ति सम्झौता प्रति सरकार प्रतिबद्ध भएको टिप्पनि गर्दै बन्द आमहड्ताल र कुटपिट जारी राखेर माओवादीले शान्ति सम्झौता उलंघन गरिरहेको टिप्पनि गर्दै एउटा निरंकुशताको अन्त्य भएकोपनि माओवादी निरंकुशता स्थापितहुन लागेकोले जनताले त्यसो हुन दिन नहुने बताउनु भयो । सरकार जनतालाई परिबर्तनको अनुभूति दिलाउन प्रयासरत रहेपनि माओवादीको करण कठिनाई भइरहेको मन्त्री भण्डारीको आरोप थियो ।देशको समसामयिक राजनैतिक परिस्थितिको बारेमा कुरा गर्छु भनेर सम्पूर्ण दोष माओवादीलाई लगाउनु अघि भण्डारीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको गैर सरकारी सस्थाहरु मध्ये देशकै नमुनाको रुपमा स्थापितहुदै गएको सस्थालाई सरकारले आवश्यकता अनुसार सहयोग गर्न नसकेको बताउनु भयो ।
प्रतिष्ठानलाई देश विकाशमा महत्वपूर्ण सहयोग गर्ने भूमिकामा पुर् याउन सस्था भित्रहुनेगरेको सामान्य मतभेदको अन्त्य गरी शिमान्तकृत जनतालाई शैक्षिक चेताना उकास्नुपर्छ भन्ने मदन भण्डारीको बिचारलाई आत्मसाथ गर्नुपर्ने मन्त्री भण्डारीको सुझाव थियो प्रतिष्ठानको मंगलबारेमा भएको ६ बिगाहा भन्दा बढी जग्गामा निर्मित ५ वटा पक्की भवनमा बिभिन्न शिप तथा रोजगारमुलक अध्ययत अध्यपन हुदै आएको छ । प्रतिष्ठान क्षेत्र भित्र आगामी चार महिना भित्र आकर्षक पुष्पवाटिका लुकामारी बगैगा सहितको बाल उद्यान मदन भण्डारीको पूर्णकदको शालिक राख्ने मदन भण्डारीले प्रयोग गरेका सम्पूण चिजहरु समेटिएको मदन स्मृति संग्रालय निर्माण गर्ने प्रतिष्ठानका अध्यक्ष गूरुप्रसाद बरालले बताउनु भयो । उहाँले निर्माणहुन लागेको संग्राहलय नेपालकै पहिलो राजनीतिक संग्राहलय हुने दाबि गर्दै योजना राम्रा भएपनि सस्थासंग अबश्यक श्रोत नभएको भन्दै त्यसका लागि स्थानीय जनता सरकार र अन्तराष्ट्रिय सस्थाहरुको सहयोग र सामेली आवश्यतता रहेको बताउनु भयो । सो पुष्पवाटिकाको निर्माण तठा डिजाइनर कलाकार बिक्रम श्री रहेको समेत कार्यक्रममा जानकारी गराइएको थियो । सोही अबसरमा बालबालिकहरुलाई विद्यालय जाने उत्प्रेरण जगाउने उदेश्यले ८५ जना बालबालिकाहरुलाई एउटा स्वीटर र कापि तथा डट बितरण गरिएको थियो । कार्यक्रममा डा। बद्रीविशाल पोखरेलद्वारा लिखित स्रस्टा ध्वस्त सालिक र आहत मनहरु न्ामक निबन्ध संग्रह मन्त्री विद्या भण्डारीको हातबाट बिमोचन गरिएको थियो ।

Thursday, December 24, 2009

एक गाविस एक जनकारबाही


जालि फटाहाहरुलाई जनकारबाही गर्ने उद्घोष गर्दै एकिकृत माओवादीको मोरङ २ नम्बर क्षेत्रमा ुसंगठन संघर्ष र रुपान्त्रण अभियानु विहिबार हसन्दको गान्धि आश्रामबाट शुरु भएको छ ।मोरङको हसन्दह स्थित गान्धि आश्रामका विहिबार अभियानको उद्घाटन गर्दै एकिकृत माओवादीले सो उद्घोष गरेका हुन् । उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य गंगा श्रेष्ठ प्रभातले सरकारमा भएका राजनीतिक पार्टीहरु संविधानसभा विघटनको पक्षमा रहेको आरोप लगाउदै त्यसो गरिए आफ्नो पार्टीले सडकबाटै संविधान घोषणा तथा नयाँ राष्ट्रपतिको चयन गर्ने बताउनु भएको छ ।आफ्नो पार्टी सहमति र सहकार्यमा विश्वास राख्ने भएको बताउदै सरकारलाई बजेट पारित गर्न तथा हिजोदेखि पूर्णरुपमा संदन खुलाई दिएको बताउनु भयो । उहाँले पार्टीले सक्ने जति लचकता अपनाइ सकेको तर्क गर्दै माओवादीलाई दोष थुपार्दै संविधान बन्न नदिने काग्रेस र एमालेको कुनियतलाई अब जनताले नंग्याउने बताउनु भयो ।यतिबेला संविधान बन्योभने माओवादीले चहेको जस्तो बन्ने भएकोले काग्रेस एमाले संविधान बन्न नदिने नियतमा लागेको बताउदै त्यसलाई भारतले समर्थन गरेको आरोप समेत लगाउनु भयो । भारतिय सेना प्रमुखले नेपालको सेनापति छत्रमानिसंह गुरुङ्गलाई सेना समायोजन कुनैहालतमा हुन नदिनु भन्ने भनाई संविधान बन्न नदिने चल भएको उहाँको तर्क थियो । भारतबाट नेपालको राष्ट्रियताप्रति खतरा रहेको जनाउदै राष्ट्रियताको रक्षाको लागि आवश्यक परे युद्धकालमा खनिएको बंकर प्रयोग गरेर राष्ट्रियताको युद्ध लड्न आफूहरु तयार रहेको बताउनु भयो ।केन्द्रीय सदस्य प्रभातले माओवादी पार्टी फौजि सर्बोच्चताको अन्त्य गरी जनताको सर्बोच्चता स्थायी शान्ति र संघीय गणतन्त्रको पक्षमा रहेको जनाउदै अधिकार सम्पन्न प्रधानमन्त्रिले सेनाको प्रमुखलाई कारबाही गर्दा राष्ट्रपति रामबरण यादवले राजा ज्ञानेन्द्रको सैलिमा रातारात सेनापतिको थमौति गरेपछि नेपालमा फौजि सर्बोच्चता लागू भएको बताउनु भयो ।सरकार चलाउने स्पष्ट जनमत माओवादीलाई भएको बताउदै जनादेशको सम्मान गर्न आफ्नोपार्टीको नेतृत्वमा राष्ट्रिय सरकारको पक्षमा भएको उहाको तर्क थियो ।गान्धि अश्राममा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य प्रभात र २ नम्बर क्षेत्रमा आएका अधियानको कमाण्डर मिरा अधियान कर्मीहरु बालकुमार मगर सुर्य किराती योाजन मुक्ती डिल्लि किराती नरेश हेमभक्त तमु सीताराम बुढाथोकी शिव ति_िम्सना रिता गिरी काँशी भक्त धिमाल लगायतको करिव ५० जनाको अभियान कर्ताहरुलाई लाठि लिएर बसेका पार्टी कार्यकर्ताहरुले सुरक्षा प्रदान गर्नुको साथै स्थ्ाानीयबासीहरुले फुलमाला लगाएर स्वागत गरेका थिए ।कार्यक्रममा शन्थाल हुर्रा राजबंशी माझी मुसलमानहरुको मोहोराम नाच प्रस्तुत गरिएको थियो । मोरङ २ नम्बर क्षेत्रको पाँचै वटा गाविसमा दुई महिना सम्म चल्ने सो अभियानमा स्थानीय जालि फटाहाहरुलाई कम्तिमा एक गाविस एक जनकारबाही गर्ने योजना रहेको पार्टीद्वारा गठित संयुक्त जनआन्दोलन समितिको संयोजक सीताराम बुढाथोकीले बताउनु भयो ।

Wednesday, December 23, 2009

दुर्घट्नामा एक घाइते

मोरङको पथरी सडक खण्डमा बुधबार भएको सवारी दुर्घट्नामा एक जना गम्भीर घाइते भएका छन् ।
पश्चिम गइरहेको को १ ख २५७७ नम्बरको बसले सडक पार गरिरहेको को ३ प ९३७४ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल चालक झापा धरम्पुर-५ को ज्ञानेन्द्र लिम्बू गम्भीर घाइते भएका छन् ।
बसको ठक्करबाट खुट्टा भाँचिएको घाइते लिम्बूको धरान स्थित वी।पी।sाेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको पथरी चौकी प्रमुख तिलकबहादुर श्रेष्ठले बताउनु भयो ।

राई विद्यार्थीको सम्मेलन समपन

पुर्वी नेपालको १७ वटा जिल्लालाई समेटेर किरात स्वायत्त राज्यहुनु पर्ने माग गर्दै आएको किरात राई विद्यार्थी संघको पाँचौ राष्ट्रिय सम्मेलन सोमबार झापाको दमकमा समापन भएको छ ।

सम्मेलनले किरात स्वायत्त राज्य स्थापना गर्न बिभिन्न अभियानहरु संचालन गर्ने किरात यले सम्बतका प्रबर्तक यलम्बरलाई राष्ट्रिय बिभुती घोषणा गर्नुपर्ने नयाँ संविधानमा जाति भाषा र क्षेत्रको आधारमा संघीय राज्य स्थापनाहुर्ने लगायतको १३ बुँदे दमक घोषणापत्रमा प्रकाशन गरेको छ ।

राष्ट्रपतिले जातीय स्वायत्तताको विरोध गरेकोप्रति आपत्ति जनाएकोको साथै एकिकृत माओवादीले घोषणा गर्दै आएको गणराज्य समेत स्थगित गरेर नयाँ संविधानमा पुर्वको १७ जिल्लालाई किरात स्वायत्त राज्य उल्लेख गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

सम्मेलनले रबिन राईको अध्यक्षतामा २८ सदस्यिय केन्द्रीय समितिको निर्बिरोध विर्बाचित भएको छ । समितिको उपाध्यक्षमा धिरेन्द्र रुम्दालि दिपेनवाला राई महासचिव अधिराज राई सचिव अर्जुन जम्नेली राई देविका राई कोषाध्यक्षमा खिलाराज राई सहकोषाध्यक्षमा माजु सोताङ्ग निर्बाचित हुनु भएको छ ।

समितिको सदस्यहरुमा बलराम राई गुणा राई उत्तम राई किसन राई बि्रसिका राई दिपेन्द्ररुम्दाली राई बिमला राई केशर राई रेनका राई रविन राई अनिता राई मणी दिलपाली राई ज्ञानदिप राई लक्ष्मी राई सुरेश राई ऋषी राई निरज राई सान्तबहादुर राई महेन्द्रदिप राई डेकिन्द्र राई निर्बाचित हुनु भएको छ ।

सम्मेलनले गंगा राई शान्ता राई प्रताप राई भलामान राई पदम खालिङ्ग राई रश्मी राई बिमला राई शुसिल राई निरकुमार राई रिता राई अनिल राई संघको राष्ट्रिय परिषद सदस्य चयन हुनु भएको छ ।

संविधान सभाको उपाध्यक्ष पुर्णकुमारी सुवेदीले मंसिर २७ गते उद्घाटन गर्नुभएको सम्मेलन तीन दिन सम्म चलेको थियो । सम्मेलनमा किरात राई यायोक्खाको केन्द्रीय महासचिव चन्द्रविक्रम राई उपाध्यक्ष तिलक राई केन्द्रीय सदस्य पारशमणी राई लगायतका अतिथिहरु उपस्थित हुनुभएको कार्यक्रममा देशभरका शैक्षिक सस्थहरुबाट ५ सय प्रतिनिधि पर्यवेक्षक उपस्थित भएको थियो ।

किरात राई विद्यार्थी संघको झापाको दमकमा २०६६ मंसिर २७ गते भएको ऐतिहासिक पाँचौ राष्ट्रिय सम्मेलनमाको र् याली

यसरी भयो माओवादीको आम हड्ताल

Monday, December 14, 2009

राई विद्यार्थीले किरात राज्य स्थापना गर्न अभियान संचाालन गर्ने

पुर्वी नेपालको १७ वटा जिल्लालाई समेटेर किरात स्वायत्त राज्यहुनु पर्ने माग गर्दै आएको किरात राई विद्यार्थी संघको पाँचौ राष्ट्रिय सम्मेलन सोमबार झापाको दमकमा समापन भएको छ ।
सम्मेलनले किरात स्वायत्त राज्य स्थापना गर्न बिभिन्न अभियानहरु संचालन गर्ने किरात यले सम्बतका प्रबर्तक यलम्बरलाई राष्ट्रिय बिभुती घोषणा गर्नुपर्ने नयाँ संविधानमा जाति भाषा र क्षेत्रको आधारमा संघीय राज्य स्थापनाहुर्ने लगायतको १३ बुँदे दमक घोषणापत्रमा प्रकाशन गरेको छ ।
राष्ट्रपतिले जातीय स्वायत्तताको विरोध गरेकोप्रति आपत्ति जनाएकोको साथै एकिकृत माओवादीले घोषणा गर्दै आएको गणराज्य समेत स्थगित गरेर नयाँ संविधानमा पुर्वको १७ जिल्लालाई किरात स्वायत्त राज्य उल्लेख गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।<
सम्मेलनले रबिन राईको अध्यक्षतामा २८ सदस्यिय केन्द्रीय समितिको निर्बिरोध विर्बाचित भएको छ । समितिको उपाध्यक्षमा धिरेन्द्र रुम्दालि दिपेनवाला राई महासचिव अधिराज राई सचिव अर्जुन जम्नेली राई देविका राई कोषाध्यक्षमा खिलाराज राई सहकोषाध्यक्षमा माजु सोताङ्ग निर्बाचित हुनु भएको छ ।
समितिको सदस्यहरुमा बलराम राई गुणा राई उत्तम राई किसन राई बि्रसिका राई दिपेन्द्ररुम्दाली राई बिमला राई केशर राई रेनका राई रविन राई अनिता राई मणी दिलपाली राई ज्ञानदिप राई लक्ष्मी राई सुरेश राई ऋषी राई निरज राई सान्तबहादुर राई महेन्द्रदिप राई डेकिन्द्र राई निर्बाचित हुनु भएको छ ।
सम्मेलनले गंगा राई शान्ता राई प्रताप राई भलामान राई पदम खालिङ्ग राई रश्मी राई बिमला राई शुसिल राई निरकुमार राई रिता राई अनिल राई संघको राष्ट्रिय परिषद सदस्य चयन हुनु भएको छ ।
संविधान सभाको उपाध्यक्ष पुर्णकुमारी सुवेदीले मंसिर २७ गते उद्घाटन गर्नुभएको सम्मेलन तीन दिन सम्म चलेको थियो । सम्मेलनमा किरात राई यायोक्खाको केन्द्रीय महासचिव चन्द्रविक्रम राई उपाध्यक्ष तिलक राई केन्द्रीय सदस्य पारशमणी राई लगायतका अतिथिहरु उपस्थित हुनुभएको कार्यक्रममा देशभरका शैक्षिक सस्थहरुबाट ५ सय प्रतिनिधि पर्यवेक्षक उपस्थित भएको थियो ।

Thursday, December 10, 2009

सालीलाई बलत्कार गर्ने पक्राउ

एघार बर्षिय बालिकालाई बलत्कार गर्ने मोरङ शनिश्चरे-७ को २५ बर्षिय बाबुराम राईलाई बिहिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ससुरालि आएको राईले गएराति १२ बजे ११ बर्षिया साली सुतेकै कोठामा गएर बतत्कार गरेको प्रहरीले जनाएको छ । भेनाजुको बतत्कारबाट रगताम्य भएर बेहोस अबस्थामा रहेकी बालिकालाई उपचारको लागि धरान स्थित बि।पि।sाेइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको पथरी चौकी प्रमुख तिलकबहादुर श्रेष्ठले बताउनु भयो । अभियुक्त राईलाई सोही रात नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लाबारी पठाएको चौकी प्रमुख श्रेष्ठले बताउनु भयो ।

राई विद्यार्थीको सम्मेलनको तयारी पुरा

आजदेखि ३ दिनसम्म झापाको दमकमा साचालन हुन्लागेकॊ किरात राई विद्यार्थी संघको ५औं राष्ट्रि्रय सम्मेलनको संपूर्ण तयारी पुरा भएको सम्मेलन आयोजक समितिले जनाएको छ ।
पुर्वी नेपालको १७ वटा जिल्लालाई समेटेर किरात स्वायत्त राज्यहुनु पर्ने माग गर्दै आएको संघको पाँचौ राष्ट्रिय सम्मेलनको भोलिदेखि दमकमा शुरु हुदै छ ।
ुहसअस्तित्व र विभेदरहित वैज्ञानिक शिक्षामा सबैको जोड संघीय नेपालमा किरात स्वायत्त राज्य निर्माण हाम्रो अठोटु भन्ने नाराका साथ हुनलागेको सम्मेलनमा काठमाण्डौं उपत्यकाका सहित २१ जिल्लाका विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत ५ सय विद्यार्थी प्रतिनिधिहरु उपस्थित हुने सम्मेलन आयोजक समितिको संयोजक भोगिराज राईले बताउनु भयो ।
सम्मेलनको उद्घाटन गर्न संविधानसभाका उपाध्यक्ष पुर्णकुमारी सुवेदी आउनुहुने आयोजक समितिले जनाएको छ । उद्घाटन पुर्ब बिधिन्न जातिय झाकी सहित दमक नगरपालिकामा र् याली प्रर्दशन को साथै कार्यक्रममा किरात राई सांस्कृतिक कलाकार संघका कलाकारहरुले किराती मुक्तीका आकर्षक गीत तथा नृत्य प्रस्तुत हुने सम्मेलन आयोजक सस्कृतिक कार्यक्रम उपसमिति संयोजक मुाजु सोताङ्गले बताउनु भयो ।

मैंत्रीपूर्ण फुटबल खेलमा पत्रकार संग राई विद्यार्थी पराजित

किरात राई विद्यार्थी संघको पाँचौ राष्ट्रिय सम्मेलनको प्रचारप्रशारको लागि बिहिबार झापाको दमकमा भएको मैत्रिपुर्ण फुटबल खेलमा सम्मेलन आयोजक समितिलाई ३-० ले पराजित गर्दै दमक पत्रकार माच बिजय भएको छ ।
दमक बहुमुखी क्याम्पसमा भएको खेलमा पत्रकार माचको तर्फबाट पत्रकार मनकुमार लिम्बु र अजित धिमालले गोल गर्नु भएको थियो । आर्को गोल भने किरात राई विद्यर्थी संघको सम्मेलन आयोजक समिति सदस्य बलराम राईले आत्माघाति गोल गर्नु भएको थियो ।
खेल शुरुहुनु भन्दा अघि दमक बहुमुखी क्याम्पस प्रमुख हरी जैसवाल दमक पत्रकार माचको अध्यक्ष चेतन अधिकारीले सम्मेलन सफलताको शुभकामना ब्याक्त गर्नु भएको थियो । कार्यक्रममा संघको निबर्तमान अध्यक्ष तथा सम्मेलन आयोजक समितिको संयोजक भोगिराज राईले संगठनको तर्फबाट खेलाडि पत्रकारहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । सो संगठनको आगामि मंसिर २७ २८ र २९ गते पाँचौ राष्ट्रिय सम्मेलन हने भएको छ । सम्मेलनको उद्घाटन गर्न संबिधान सभाको उपाध्यक्ष पुर्णकुमारी सुबेदी आउने आयोजक समितिले जनाएको छ ।

Saturday, December 5, 2009

ब्यानर च्यातिएको प्रति राई बिद्यार्थी अक्रोशित

किरात राई विद्यार्थी संघको पाँचौ राष्ट्रिय सम्मेलनको प्रचार-प्रसार तथा अतिथि स्वागतको लागि निर्माण गरिएको गेट अज्ञात समुहले च्याती दिएको प्रति सो विद्यार्थी संगठनले घोर आपत्ति जनाएको छ ।
सम्मेलनमा उपस्थित अतिथिहरुको स्वागतको लागि सम्मेलन स्थाल झापाको दमक चौकमा बनाएको गेट बिहिबार राति अज्ञात समूहले च्याती दिएका थिए ।
आगामि मंसिर २७ २८ र २९ गते झापाको दमकमा हुने संगठनको पाँचौं राष्ट्रिय सम्मेलनको प्रचारको लागि बनाइएको गेट च्यातिए बिरोधमा सुक्रबार बिहान सो संगठनले आधा घण्टा सडक अबरुद्ध गरि विरोध जनाएको छ ।
कलम र धनुस अंकित झण्डा बोकेका करिव २ सय राई बिद्यार्थीहरुले सडकमा सवारी साधन राखेर कडक अबरुद्ध गरेका थिए । सडक अबरुद्ध पश्चात भएको कोण सभामा संघको केन्द्रीय सदस्य अर्जुनकुमार राईले आफ्नो संगठनको ब्यानर च्यातेर संकुचित बिचार भएका ब्याक्ती तथा समूहले लोकतान्त्रिक बिचार राख्ने किरातबासी जनसमुदाय प्रति आक्रमण भएको बताउनु भयो । लुकेर ब्याचर पर्चा च्यात्दै हिड्नेहरु आफूहरु संग बैचारिक प्रतिस्प्रदाको लागि आउनु अनुरोध गर्दै आफ्नो संगठनको ब्यानर पर्चा र भित्तेलेखन प्रति डाही गरेर बस्नेहरु आफै सिद्धिले राईले बताउनु भयो ।
किरात स्वायत्त राज्य स्थापनाको लागि शान्तिपूण आन्दोलन गर्दै आएको किरात राई विद्यार्थी संगठन प्रति यसै गरी आक्रमण हुदै गए आफ्नो संगठनले हातमा दही जमाएर नबस्ने चेतावनि दिनुभयो ।
त्यसैगरी संगठनको केन्द्रीय सचिव दिपेनवाला राईले सुक्रबारै एक बिज्ञप्ति प्रकाशन गरी दमक चौकमा टाँगिएको ब्यानर च्यातिदा सम्म प्रशासनले बेवास्था गरेकोले संगठनलाई गम्भीर बनाएको बताउनु भयो । संगठनको पाँचौ राष्ट्रिय सम्मेलन प्रति लक्षित गर्ने आक्रमणकारीलाई तत्काल पहिचान गरी कारबाही गर्न गृह्य प्रशासनलाई अग्रह गरिएको छ ।
सम्मेलनको सँघारमा गरिएको आक्रमणकारीलाई प्रशासनले बेवास्था गरे आफै आक्रमणकारीको पहिचान गरी कारबाही गरिने र त्यसबाट हुनसक्ने क्षेतीको गृह्य प्रशासनले लिनुपर्ने समेत बिज्ञप्तिमा उल्लेख छ । यस अघि पनि आफ्नो संगठनको ब्यानर र पर्चा सुनियोजितरुपमा च्यातिदै आएकोले त्यास्ता नालायक ब्याक्ती र समूहको छिट्टै पहिचान गरेर बैचारिकरुपमा नांगिने बिज्ञप्तिमा उल्ल्ोख छ ।

राई विद्यार्थी संघमा विन्दु

पथरी÷किरात राई विद्यार्थी संघको शनिबार दमकमा भएको तेस्रो जिल्ला सम्मेलनले बिन्दु राईको अध्यक्षतामा १७ सदस्यिय जिल्ला कार्य समिति सर्बसम्मत चयन भएको छ ।
निर्बाचित समितिको उपाध्यक्षमा बिमला राई सचिवमा किरण राई सहसचिवमा मिलन राई र कोषाध्यक्षमा पुजा राई चयनहुनु भएको छ ।
समितिको सदस्यहरुमा मोहन राई कुशल राई सजिना राई मिना राई ललित राई राजन राई सोना राई सदिप राई शुसिला राई निर्मल राई संगिता राई सुरज राई चयन हुनु भएको हो ।
सम्मेलनको लागि संघको केन्द्रीय उपाध्यक्ष कृष्णकुमार राई रबिन राई महासचिव धिरेन्द्र रुम्दाली सचिव दिपेनवाला राई केन्द्रीय भाषा धर्म तथा सस्कृति बिभाग प्रमुख अर्जुन जम्नेली राई केन्द्रीय सदस्य उत्तम राई केन्द्रीय पार्षद अनिलदेब राई लगायतका केन्द्रीय प्रतिनिधिहरु सहभागि रहनुभएको थियो ।किरात राई विद्यार्थी संघले पुर्बको १७ वटा जिल्लालाई समेटेर किरात स्वायत्त राज्य निर्माणहुनु पर्ने माग गर्दै आएको छ । संघको पाँचौ केन्द्रीय सम्मेलन पनि आगामि मंसिर २७ २८ र २९ गते हुने भएको सम्मेलन आयोजक समितिले जनाएको छ ।

Thursday, December 3, 2009

पूर्बी मोरङमा वन तस्करीमा बृद्धी

पथरी÷पूर्बी मोरङको सामुदायिक वनहरुबाट अबैधानिक काठ तस्करीमा बृद्धी हुन भएको छ ।दुईदिन अघि मोरङ मधुमल्लाको मनोहर सामुदायिक वन उपभोक्ता समितिको प्रतिनिधि र वन कर्मचारीहरुको मिलेमतोमा करिव ३ सय क्युबिक फिट काठ अबैधरुपमा किनबेच भएको थियो ।कानूनीरुपमा कुनै प्रकृया नपुर् याई माधुमल्लाको उपस्वास्थ्य चौकी र मधुमल्ला-४ पाण्डेचौकमा राखिएको अबस्थामा संघीय लिम्बूवान राज्य परिषदको कार्यकर्ताहरुले पत्ताा तगाएका थिए ।काठ तस्करीमा वन कर्मचारी र सामुदायिक वन उपभोक्ता समितिको संलग्नता भएको ठोकुवा गर्दै दुइ दिन अघि लिम्बूवानको कार्यकर्ताहरुले समिति र धानखेती रेाज पोष्टको कार्यालयमा लगाएको ताला अझै खुलेको छैन् । मंगलबारे इलाका वन अधिकृत अनिरुद्र साहाले भने वन कर्मचारीहरुको संलग्नता भए नभएको छानविन हुने बताउनु भएको छ ।त्यसै गरी केही दिन अघि यात्रुवाहक बसमा लोड गरी मोरङको टाडीदेखि दक्षिण तर्फ ल्याउदै गरेको ८० क्युबिक फिट बराबरमो १७६ थान सखुवाको अबैध चिरानी काठ इलाका प्रहरी कार्यालय उर्लाबारीको गस्ती टोलीले नियन्त्रणमा लिई इलाका वन कार्यालय मंगलबारेलाई बुझाएको छ ।काकडभिट्टा-बिराटनगर रुट चल्ने को १ ख १७३८ नम्बरको सो बस सहित इलाका वन कार्यालयले कारबाही चलाएको छ । सिजुवा-८ की रमादेवि राईको नाममा रहेको सो बस इलाका वन कार्यालयमै राखिएके छ । बस नियन्त्रणको क्रममा बसका स्टापहरु भने भागेका थिए । राजनैतिकरु प्ाार्टीहरुले चर्कोरुपमा चन्दा माग गर्दै आएकोले वनमा तस्करी बढेको इल्ााका वन अधिकृत अनिरुद्र साहाले बताउनु भयो ।