Thursday, December 31, 2009

आदिबासीको नेपाल बन्द

आगामी संविधानमा आदिबासी जनाजातिको अधिकार स्थापित गर्न माग गर्दै ुआदिबासी जनजाति बृहत मोर्चाुले सुक्रबार पुस १७ गते सुक्रबार एक दिने नेपाल बन्दको आव्हान गरेको छ ।संविधानमा आदिबासी जनजातिहरुको अधिकार स्थापना गर्ने जनाउदै कृष्णबहादुर भट्टचनको नेतृत्वमा बनेको सो संगठनमा आदिबासी जनजाति महासंघ जातिय तथा राजनैतिक संगठनहरु समेत संलग्न रहेको छ । सो संगठनले आदिबासी जनजातिहरुको अघिकार उल्लेखित नभएको भन्दै संविधान सभाको उप समितिहरुले पारित गरेर पठाएको आगामी संविधानको लागि पठाएको धाराहरु समेत जलाएका थिए । यसैवीच माच सम्बद्ध संघीय धिमाल स्वायत्त परिषदको अध्यक्ष बाङ्गाई घिमालले आज एक बिज्ञप्ति प्रकासन गरी भोलिहुने बन्द सफल पार्न सहयोग गरिदिन सबैलाई अनुरोध गर्नुभएको छ । उहाँले बन्द गर्नको लागि शसक्त र शान्तिपूर्ण ढङ्गले लाग्न समेत कार्यकर्ताहरुला निर्देशन दिएका छन् ।

लिम्बूवानद्वारा घर जग्गा कब्जा

६ बर्षदेखि एक महिलालाई बेपत्ता पारेको भन्दै माच सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदको कार्यकर्ताहरुले बिहिबार मोरङ उर्लाबारी-६ को एउटा घर र गग्गा कब्जा गरेको छ ।हङकङ्ग बस्दै आएको ममता लिम्बूले आफ्नै बहिनी शुसिला लिम्बूलाई ६ बर्ष अघि बैदेशिक रोजगारीको लागि हङ्कङ्ग पुर् याएका थिए । दुई छोरीकी आमा समेत रहेकी शुसिला हङकङ्ग पुगेको ६ बर्ष बितिसक्दा समेत कुनै माध्याम मार्फत समेत सम्पर्क नर्ग नदिइ ममता लिम्बूले बेपत्ता पारेको भन्दै उनको श्रीमान सुजनकुमार लिम्बूले परिषदको कार्यालयमा उजुरी दिएका थिए । शुसिला हङकङ्ग पुगेपछि उनको श्रीमान सुजन लिम्बू र उनको दुई छोरीहरु बस्दै आएको घर समेत ममता लिम्बूले मेरो लगानीमा बनेको भन्दै अरुलाई भाडामा लगाएपछि बिहिबार करिव ३० जनको संख्यामा त्याहा पुगेको परिषदको कार्यकर्ताहरुले झण्डा र सूचना टाँस गरी कब्जा गरेको जनाएको हो ।हङकङ्गबाट तीन दिन अघिमात्र नेपाल आइपुगेकी ममता लिम्बूलाई समेत परिषदको कार्यालयले नियन्त्रणमा लिएको बुझिएको छ । परिषद सम्बद्ध लिम्बूवान भोलेन्टियस्रको केन्द्रीय उपकमाण्डर मिलन नाल्बोले ६ बर्षदेखि श्रीमान संग सम्पर्क बिहिन शुसिला लिम्बू उपस्थिति नगराएसम्म ममता लिम्बू आफ्नो संगठनको सम्पर्कमा रहने बताउनु भयो । यता परिषदको कार्यालयमा भेटिएकी ममता लिम्बूले भने गएको बर्ष सम्म बहिनी ज्वाईको फोन सम्पर्क रहेको बताउनु भएको छ । श्रीमाति पीडित मानिएको सुजन लिम्बूले जेठिसासु ममता लिम्बूले मेरो जग्गामा घरबनाउदै गर पछि पैसा तिर्नू भनेपछि आफूले बिदेशबाट कमाएर ल्याएको पैसा लगाएर त्याहा घर बनाएको बताउछन् । घर बनाएर श्रीमति हङकङ्ग गएपछि त्यो जग्गा मेरो हो घर अन्तै लैजा भन्नुको साथै श्रीमति शुसिला लिम्बूलाई समेत उचालेर घरखर्चको लागि पैसा नपठाएपछि छोरीहरु लिएर पाहाड तेह्रथुम खुम्लालुङ्ग-२ जानुपरेको बताउछन् । घरमा ताला लगाएर पहाड गएपछि ममता लिम्बूकै निर्देसनमा सुजन बस्दै आएको घरमा लगाएको ताला फोरेर अन्य भाडावाला राखेको समेत लिम्बूको आरोप छ । लामो समयदेखि जेठि सासु ममता लिम्बूकको करणले आफू पीडित बन्नु परेको जनाउदै श्रीमति शुसिलालाई तत्काल नेपाल ल्याईदिनु पर्ने उनले हङकङ्गमा पाउदै आएको पारिश्रमिक छोरीहरुको लागि प्राप्त गर्नुपर्ने सतेत निबेदनमा माग गरेका छन् ।

Wednesday, December 30, 2009

अन्तर शिविरको फुटबलको उपाधि टिमाईलाई र सांगि्रलालाई


मोरङ- भुटानी शरणाथिए शिविरे शनिश्चरे मोरङकामा आयोजित ुअन्तर शिविर युवा च्याम्पेनशिप फुटबल प्रतियोगिताुको उपाधि पुरुषको सांगि्रला स्पोटिङ्ग फुटबल क्लब शनिश्चरे र महिला तर्फ टिमाईले उचालेको छ । बुधबार भएको पुरुष तर्फको फाइनल खेलमा शनिश्चरेकै अम्बिका फाउण्डेसन फुटबल टिमलाई १-० गोलले पराजित गर्दै सांगि्रला स्पोटिङ्ग क्लबले उपाधि हाता पारेको हो । स्रांगि्रलाको खेलाडि शन्तोष बानियाले खेलको अन्तिम समयमा एक मात्र निर्णयक गोल गरेका थिए । महिला तर्फको खेलमा निर्धारित समयमा दुबै टिम गोल रहित बराबारी भएपछि निर्णयको लागि ट्राइब्रेकर गराएका थिए । ट्राइब्रेकरमा टिमाईका खिना खनाल र े उर्मिला समाले गोल गरेका थिए । शनिश्चरे टिमको तर्फबाट भने भुपाकुमारी बिष्टले एकमात्र सान्तोना गोल गरेकी थिइन् ।यस बर्षको ुबर्षा खेलाडि २००९ु खुदुनाबारीकी सिर्जना घले र सांगि्रला स्पोटिङ्ग टिमको खेलाडि सुवास काफ्ले घोषित भएका छन् । दुबैजनालाई शनिश्चरे शिविर स्थित आम्दा अस्पतालद्वारा प्रायोजित ट्रफी प्रदान गरिएको थियो ।प्रतियागिताको महिला तर्फ बेल्डागी-२ की शोभा तिवारी बेष्ट र पुरुष तर्फ खुदुनाबारीका खेलाडि कमल साउदेन ल्पेयर अफ द म्याच घोषणा भए । त्यसैगरी खेल अबधि भरी ३ गोल गर्ने खुदुनाबारीको देवान सेवा र महिला तर्फ २ गोल हान्ने टिमाइको पुजा गुरुङ्ग हाई स्कोरर घोषित भएका छन् । बिजेता तथा उपबिजेता टिमका खेलाडिहरुलाई नगद ट्रफी प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो ।युवा मैत्री केन्द्र वाई।एफ।सी।द्वारा आयोजित खेलमा झापा मोरङको सात शिविरबाट महिला र पुरुष दुबैतर्फको ८-८ टिम सहभागि गराएका थिए । कार्यक्रममा खेलकुद विकाश समिति मोरङको अध्यक्ष दिपेन्द्र धिमाल प्रशिक्षक शन्तोष बानिया शनिश्चरे शिविर सचिव चम्पािसंह राई उपस्थित रहेका थिए । भुटानी शरणर्थीहरुलाई सहयोग गर्दै आएको शरणार्थि सम्बन्धि उच्चायोग यु।एन।एच।सी।आर। र एफ।सी। बार्षिलोनाको सहयोगमा हुने यो फुटबल खेल शिविरकै सबभन्दा ठूलो खेल हो । स्थानीयबासी र शरणार्थिहरुको सम्बन्ध राम्रो बनाउने र शरणार्थी खेलाडिहरुको क्षमता बृधी गर्ने उदेश्यले खेलाइने खेल बर्षमा एक पटकहुने गर्दछ

Friday, December 25, 2009

शरणार्थि शिविरमा फुटबल प्रतियोगिता शूरु

भुटानी शरणार्थी खेलाडिहरुको क्षमाता विकाश र स्थानीयवासीसंग शरणार्थीको सम्बन्ध सुमधुर बनाउने उदेश्यले शरणर्थी शिविर शनिश्चरेमा ुइन्टर क्याम्प युथ च्याम्पेनशिप फुटबल प्रतियोगिताु बिहिबारदेखि शूरु भएको छ ।युवा मैत्री केन्द्र वाई।एफ।सी।द्वारा आयोजित महिला तर्फको बुक्रबार भएको प्रतियोगितामा बेलडागि-२ लाई १-० ले पराजित गर्दै शनिश्चरे शिविर प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेको छ । शनिश्चरेको तर्फबाट एकमात्र निर्णयक गोल डम्बरकुमारी दर्जीले गरेकी थिइन् ।त्यसैगरी पुरुष तर्फको खेलमा ट्राइब्रेकरको सहायताले बेलडागी एकलाई ५-३ गोल अन्तरले पराजित गर्दै गोलधाप दोस्रो चरणमा प्रवेश गरेको छ ।खेल अबधिभर गोलधापको सागर हुमागाई र बेलडागी एकको मनबहादुर सारुले १-१ गोलको बराबरीमा खेल सपाप्त भएपछि निर्णयको लागि ट्राईब्रेकर गराउनु परेको थियो । ट्राइब्रेकरमा गोलधापको खेलाडिहरु धनबहादुर राई टंकनाथ गजमेर बुद्धबीर सुब्बा कैलाश राई र सागर हुमागाईले गोल गरेका थिए । बेलडागी एकको तर्फबाट बुद्ध गुरुङ्ग कुमार गुरुङ्ग र गम्भीर गुरुङ्गले गोल गरेपनि बिसर्िका सुब्बाले हानेको गोल बिपक्ष टिमका गोल रक्षकले छेकेपछि सो टिम पराजित भएका हुन् ।सुक्रबारको खेलको महिला तर्फको म्यान अफ द म्याच बेलडागी २ को खेलाडी शोभा तिवारी र पुरुष तर्फको खेलमा बेलडागी १ को गम्भीर गुरुङ्ग घोषित भएका छन् ।आजको खेल महिलातर्फको शनिश्चरे र गोल्धाप तथा पुरुष तर्फको खेलमा खुदुनाबारी र बेल्डागी २ बीच हुने आयोजक वाई।एफ।सी।sाे संयोजक प्रेम धितालले बताउनु भयो । बिहिबार भएको खेलमा महिला फर्त बेलडागी १ लाई पराजित गर्दै टिमाई र पुरुष तर्फको खेलमा बेलगाडिलाई पराजित गर्दै शनिश्चरे दोस्रो चरणमा प्रबेश गरेको थियो ।शरणार्थी सम्बन्धि उच्चायोग यु।एन।एच।सी।आर। र एफ।सी बासर्िलोनाको सहयोगमा यो खेल शिविरको लागि अन्तिम खेल भएको आयोजकले जनाएको छ । खेलमा झापा-मोरङको सातै शिविरको महिला ८ र पुरुष ८ टिम सहभागि हुने आयोजकले बताए ।

देश अनिश्चततातिर पुग्ने गम्भीर खतरामाः भण्डारी


रक्षामन्त्री बिद्या भण्डारीले बर्तमान सरकार निर्धारित समयमै संविधान बनाउने कुरामा प्रतिबद्ध भएपनि माओवादीले फैलाईरहेको अराजकताले गर्दा समयमा संविधान बन्नेकुरामा संका पैदाहुदै गएको बताउनु भएको छ । मोरङको उर्लाबारी मंगलबारे स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको नवौं बार्षिक साधारण सभालाई सुक्रबार उद्घाटन गर्दै मन्त्री भण्डारीले सो कुरा बताउनु भएको हो ।उहाँले देश संक्रमणकालिन जटिल र कठिन परिस्थितिमा गुजि्ररहेको बताउदै समयमा संविधान नबने देश अनिश्चितता तिर जाने जनाउदै त्यसको सम्पूर्ण जिम्मेवारी एकिकृत माओवादीले लिनुपर्ने बताउनु भयो । मन्त्री भण्डारीले माओवादी सेना लडाकु र वाइं।सी।एल।sाे ब्याबस्थापन नभए सम्म संविधान निर्माण भएपनि कार्यन्वयन हुन नसक्ने बताउदै त्यसका लागि पहिला माओवादीको सेना समायोजन हुनुपर्ने बताउनु भयो ।बहुमत पुर् याएर संसद मार्फत सरकार बनाउने आधारहुदाहुदै माओवादी सडकमा गएको उल्लेख गर्दै सडकमा उप्रुेर २२ दलको समर्थन रहेकॊ कसकार नढल्ने बताउनु भयो । माओवादीले संसदमा महुमत पुर् याउन नसकेपछि नागरिक सर्बोच्चताको नाम लिएर माओवादी सर्बोच्चता खोजिरहेको मन्त्री भण्डारीको बिश्लेसन थियो । बृहत शान्ति सम्झौता प्रति सरकार प्रतिबद्ध भएको टिप्पनि गर्दै बन्द आमहड्ताल र कुटपिट जारी राखेर माओवादीले शान्ति सम्झौता उलंघन गरिरहेको टिप्पनि गर्दै एउटा निरंकुशताको अन्त्य भएकोपनि माओवादी निरंकुशता स्थापितहुन लागेकोले जनताले त्यसो हुन दिन नहुने बताउनु भयो । सरकार जनतालाई परिबर्तनको अनुभूति दिलाउन प्रयासरत रहेपनि माओवादीको करण कठिनाई भइरहेको मन्त्री भण्डारीको आरोप थियो ।देशको समसामयिक राजनैतिक परिस्थितिको बारेमा कुरा गर्छु भनेर सम्पूर्ण दोष माओवादीलाई लगाउनु अघि भण्डारीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको गैर सरकारी सस्थाहरु मध्ये देशकै नमुनाको रुपमा स्थापितहुदै गएको सस्थालाई सरकारले आवश्यकता अनुसार सहयोग गर्न नसकेको बताउनु भयो ।
प्रतिष्ठानलाई देश विकाशमा महत्वपूर्ण सहयोग गर्ने भूमिकामा पुर् याउन सस्था भित्रहुनेगरेको सामान्य मतभेदको अन्त्य गरी शिमान्तकृत जनतालाई शैक्षिक चेताना उकास्नुपर्छ भन्ने मदन भण्डारीको बिचारलाई आत्मसाथ गर्नुपर्ने मन्त्री भण्डारीको सुझाव थियो प्रतिष्ठानको मंगलबारेमा भएको ६ बिगाहा भन्दा बढी जग्गामा निर्मित ५ वटा पक्की भवनमा बिभिन्न शिप तथा रोजगारमुलक अध्ययत अध्यपन हुदै आएको छ । प्रतिष्ठान क्षेत्र भित्र आगामी चार महिना भित्र आकर्षक पुष्पवाटिका लुकामारी बगैगा सहितको बाल उद्यान मदन भण्डारीको पूर्णकदको शालिक राख्ने मदन भण्डारीले प्रयोग गरेका सम्पूण चिजहरु समेटिएको मदन स्मृति संग्रालय निर्माण गर्ने प्रतिष्ठानका अध्यक्ष गूरुप्रसाद बरालले बताउनु भयो । उहाँले निर्माणहुन लागेको संग्राहलय नेपालकै पहिलो राजनीतिक संग्राहलय हुने दाबि गर्दै योजना राम्रा भएपनि सस्थासंग अबश्यक श्रोत नभएको भन्दै त्यसका लागि स्थानीय जनता सरकार र अन्तराष्ट्रिय सस्थाहरुको सहयोग र सामेली आवश्यतता रहेको बताउनु भयो । सो पुष्पवाटिकाको निर्माण तठा डिजाइनर कलाकार बिक्रम श्री रहेको समेत कार्यक्रममा जानकारी गराइएको थियो । सोही अबसरमा बालबालिकहरुलाई विद्यालय जाने उत्प्रेरण जगाउने उदेश्यले ८५ जना बालबालिकाहरुलाई एउटा स्वीटर र कापि तथा डट बितरण गरिएको थियो । कार्यक्रममा डा। बद्रीविशाल पोखरेलद्वारा लिखित स्रस्टा ध्वस्त सालिक र आहत मनहरु न्ामक निबन्ध संग्रह मन्त्री विद्या भण्डारीको हातबाट बिमोचन गरिएको थियो ।

Thursday, December 24, 2009

एक गाविस एक जनकारबाही


जालि फटाहाहरुलाई जनकारबाही गर्ने उद्घोष गर्दै एकिकृत माओवादीको मोरङ २ नम्बर क्षेत्रमा ुसंगठन संघर्ष र रुपान्त्रण अभियानु विहिबार हसन्दको गान्धि आश्रामबाट शुरु भएको छ ।मोरङको हसन्दह स्थित गान्धि आश्रामका विहिबार अभियानको उद्घाटन गर्दै एकिकृत माओवादीले सो उद्घोष गरेका हुन् । उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य गंगा श्रेष्ठ प्रभातले सरकारमा भएका राजनीतिक पार्टीहरु संविधानसभा विघटनको पक्षमा रहेको आरोप लगाउदै त्यसो गरिए आफ्नो पार्टीले सडकबाटै संविधान घोषणा तथा नयाँ राष्ट्रपतिको चयन गर्ने बताउनु भएको छ ।आफ्नो पार्टी सहमति र सहकार्यमा विश्वास राख्ने भएको बताउदै सरकारलाई बजेट पारित गर्न तथा हिजोदेखि पूर्णरुपमा संदन खुलाई दिएको बताउनु भयो । उहाँले पार्टीले सक्ने जति लचकता अपनाइ सकेको तर्क गर्दै माओवादीलाई दोष थुपार्दै संविधान बन्न नदिने काग्रेस र एमालेको कुनियतलाई अब जनताले नंग्याउने बताउनु भयो ।यतिबेला संविधान बन्योभने माओवादीले चहेको जस्तो बन्ने भएकोले काग्रेस एमाले संविधान बन्न नदिने नियतमा लागेको बताउदै त्यसलाई भारतले समर्थन गरेको आरोप समेत लगाउनु भयो । भारतिय सेना प्रमुखले नेपालको सेनापति छत्रमानिसंह गुरुङ्गलाई सेना समायोजन कुनैहालतमा हुन नदिनु भन्ने भनाई संविधान बन्न नदिने चल भएको उहाँको तर्क थियो । भारतबाट नेपालको राष्ट्रियताप्रति खतरा रहेको जनाउदै राष्ट्रियताको रक्षाको लागि आवश्यक परे युद्धकालमा खनिएको बंकर प्रयोग गरेर राष्ट्रियताको युद्ध लड्न आफूहरु तयार रहेको बताउनु भयो ।केन्द्रीय सदस्य प्रभातले माओवादी पार्टी फौजि सर्बोच्चताको अन्त्य गरी जनताको सर्बोच्चता स्थायी शान्ति र संघीय गणतन्त्रको पक्षमा रहेको जनाउदै अधिकार सम्पन्न प्रधानमन्त्रिले सेनाको प्रमुखलाई कारबाही गर्दा राष्ट्रपति रामबरण यादवले राजा ज्ञानेन्द्रको सैलिमा रातारात सेनापतिको थमौति गरेपछि नेपालमा फौजि सर्बोच्चता लागू भएको बताउनु भयो ।सरकार चलाउने स्पष्ट जनमत माओवादीलाई भएको बताउदै जनादेशको सम्मान गर्न आफ्नोपार्टीको नेतृत्वमा राष्ट्रिय सरकारको पक्षमा भएको उहाको तर्क थियो ।गान्धि अश्राममा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य प्रभात र २ नम्बर क्षेत्रमा आएका अधियानको कमाण्डर मिरा अधियान कर्मीहरु बालकुमार मगर सुर्य किराती योाजन मुक्ती डिल्लि किराती नरेश हेमभक्त तमु सीताराम बुढाथोकी शिव ति_िम्सना रिता गिरी काँशी भक्त धिमाल लगायतको करिव ५० जनाको अभियान कर्ताहरुलाई लाठि लिएर बसेका पार्टी कार्यकर्ताहरुले सुरक्षा प्रदान गर्नुको साथै स्थ्ाानीयबासीहरुले फुलमाला लगाएर स्वागत गरेका थिए ।कार्यक्रममा शन्थाल हुर्रा राजबंशी माझी मुसलमानहरुको मोहोराम नाच प्रस्तुत गरिएको थियो । मोरङ २ नम्बर क्षेत्रको पाँचै वटा गाविसमा दुई महिना सम्म चल्ने सो अभियानमा स्थानीय जालि फटाहाहरुलाई कम्तिमा एक गाविस एक जनकारबाही गर्ने योजना रहेको पार्टीद्वारा गठित संयुक्त जनआन्दोलन समितिको संयोजक सीताराम बुढाथोकीले बताउनु भयो ।

Wednesday, December 23, 2009

दुर्घट्नामा एक घाइते

मोरङको पथरी सडक खण्डमा बुधबार भएको सवारी दुर्घट्नामा एक जना गम्भीर घाइते भएका छन् ।
पश्चिम गइरहेको को १ ख २५७७ नम्बरको बसले सडक पार गरिरहेको को ३ प ९३७४ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल चालक झापा धरम्पुर-५ को ज्ञानेन्द्र लिम्बू गम्भीर घाइते भएका छन् ।
बसको ठक्करबाट खुट्टा भाँचिएको घाइते लिम्बूको धरान स्थित वी।पी।sाेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको पथरी चौकी प्रमुख तिलकबहादुर श्रेष्ठले बताउनु भयो ।

राई विद्यार्थीको सम्मेलन समपन

पुर्वी नेपालको १७ वटा जिल्लालाई समेटेर किरात स्वायत्त राज्यहुनु पर्ने माग गर्दै आएको किरात राई विद्यार्थी संघको पाँचौ राष्ट्रिय सम्मेलन सोमबार झापाको दमकमा समापन भएको छ ।

सम्मेलनले किरात स्वायत्त राज्य स्थापना गर्न बिभिन्न अभियानहरु संचालन गर्ने किरात यले सम्बतका प्रबर्तक यलम्बरलाई राष्ट्रिय बिभुती घोषणा गर्नुपर्ने नयाँ संविधानमा जाति भाषा र क्षेत्रको आधारमा संघीय राज्य स्थापनाहुर्ने लगायतको १३ बुँदे दमक घोषणापत्रमा प्रकाशन गरेको छ ।

राष्ट्रपतिले जातीय स्वायत्तताको विरोध गरेकोप्रति आपत्ति जनाएकोको साथै एकिकृत माओवादीले घोषणा गर्दै आएको गणराज्य समेत स्थगित गरेर नयाँ संविधानमा पुर्वको १७ जिल्लालाई किरात स्वायत्त राज्य उल्लेख गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

सम्मेलनले रबिन राईको अध्यक्षतामा २८ सदस्यिय केन्द्रीय समितिको निर्बिरोध विर्बाचित भएको छ । समितिको उपाध्यक्षमा धिरेन्द्र रुम्दालि दिपेनवाला राई महासचिव अधिराज राई सचिव अर्जुन जम्नेली राई देविका राई कोषाध्यक्षमा खिलाराज राई सहकोषाध्यक्षमा माजु सोताङ्ग निर्बाचित हुनु भएको छ ।

समितिको सदस्यहरुमा बलराम राई गुणा राई उत्तम राई किसन राई बि्रसिका राई दिपेन्द्ररुम्दाली राई बिमला राई केशर राई रेनका राई रविन राई अनिता राई मणी दिलपाली राई ज्ञानदिप राई लक्ष्मी राई सुरेश राई ऋषी राई निरज राई सान्तबहादुर राई महेन्द्रदिप राई डेकिन्द्र राई निर्बाचित हुनु भएको छ ।

सम्मेलनले गंगा राई शान्ता राई प्रताप राई भलामान राई पदम खालिङ्ग राई रश्मी राई बिमला राई शुसिल राई निरकुमार राई रिता राई अनिल राई संघको राष्ट्रिय परिषद सदस्य चयन हुनु भएको छ ।

संविधान सभाको उपाध्यक्ष पुर्णकुमारी सुवेदीले मंसिर २७ गते उद्घाटन गर्नुभएको सम्मेलन तीन दिन सम्म चलेको थियो । सम्मेलनमा किरात राई यायोक्खाको केन्द्रीय महासचिव चन्द्रविक्रम राई उपाध्यक्ष तिलक राई केन्द्रीय सदस्य पारशमणी राई लगायतका अतिथिहरु उपस्थित हुनुभएको कार्यक्रममा देशभरका शैक्षिक सस्थहरुबाट ५ सय प्रतिनिधि पर्यवेक्षक उपस्थित भएको थियो ।

किरात राई विद्यार्थी संघको झापाको दमकमा २०६६ मंसिर २७ गते भएको ऐतिहासिक पाँचौ राष्ट्रिय सम्मेलनमाको र् याली

यसरी भयो माओवादीको आम हड्ताल

Monday, December 14, 2009

राई विद्यार्थीले किरात राज्य स्थापना गर्न अभियान संचाालन गर्ने

पुर्वी नेपालको १७ वटा जिल्लालाई समेटेर किरात स्वायत्त राज्यहुनु पर्ने माग गर्दै आएको किरात राई विद्यार्थी संघको पाँचौ राष्ट्रिय सम्मेलन सोमबार झापाको दमकमा समापन भएको छ ।
सम्मेलनले किरात स्वायत्त राज्य स्थापना गर्न बिभिन्न अभियानहरु संचालन गर्ने किरात यले सम्बतका प्रबर्तक यलम्बरलाई राष्ट्रिय बिभुती घोषणा गर्नुपर्ने नयाँ संविधानमा जाति भाषा र क्षेत्रको आधारमा संघीय राज्य स्थापनाहुर्ने लगायतको १३ बुँदे दमक घोषणापत्रमा प्रकाशन गरेको छ ।
राष्ट्रपतिले जातीय स्वायत्तताको विरोध गरेकोप्रति आपत्ति जनाएकोको साथै एकिकृत माओवादीले घोषणा गर्दै आएको गणराज्य समेत स्थगित गरेर नयाँ संविधानमा पुर्वको १७ जिल्लालाई किरात स्वायत्त राज्य उल्लेख गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।<
सम्मेलनले रबिन राईको अध्यक्षतामा २८ सदस्यिय केन्द्रीय समितिको निर्बिरोध विर्बाचित भएको छ । समितिको उपाध्यक्षमा धिरेन्द्र रुम्दालि दिपेनवाला राई महासचिव अधिराज राई सचिव अर्जुन जम्नेली राई देविका राई कोषाध्यक्षमा खिलाराज राई सहकोषाध्यक्षमा माजु सोताङ्ग निर्बाचित हुनु भएको छ ।
समितिको सदस्यहरुमा बलराम राई गुणा राई उत्तम राई किसन राई बि्रसिका राई दिपेन्द्ररुम्दाली राई बिमला राई केशर राई रेनका राई रविन राई अनिता राई मणी दिलपाली राई ज्ञानदिप राई लक्ष्मी राई सुरेश राई ऋषी राई निरज राई सान्तबहादुर राई महेन्द्रदिप राई डेकिन्द्र राई निर्बाचित हुनु भएको छ ।
सम्मेलनले गंगा राई शान्ता राई प्रताप राई भलामान राई पदम खालिङ्ग राई रश्मी राई बिमला राई शुसिल राई निरकुमार राई रिता राई अनिल राई संघको राष्ट्रिय परिषद सदस्य चयन हुनु भएको छ ।
संविधान सभाको उपाध्यक्ष पुर्णकुमारी सुवेदीले मंसिर २७ गते उद्घाटन गर्नुभएको सम्मेलन तीन दिन सम्म चलेको थियो । सम्मेलनमा किरात राई यायोक्खाको केन्द्रीय महासचिव चन्द्रविक्रम राई उपाध्यक्ष तिलक राई केन्द्रीय सदस्य पारशमणी राई लगायतका अतिथिहरु उपस्थित हुनुभएको कार्यक्रममा देशभरका शैक्षिक सस्थहरुबाट ५ सय प्रतिनिधि पर्यवेक्षक उपस्थित भएको थियो ।

Thursday, December 10, 2009

सालीलाई बलत्कार गर्ने पक्राउ

एघार बर्षिय बालिकालाई बलत्कार गर्ने मोरङ शनिश्चरे-७ को २५ बर्षिय बाबुराम राईलाई बिहिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ससुरालि आएको राईले गएराति १२ बजे ११ बर्षिया साली सुतेकै कोठामा गएर बतत्कार गरेको प्रहरीले जनाएको छ । भेनाजुको बतत्कारबाट रगताम्य भएर बेहोस अबस्थामा रहेकी बालिकालाई उपचारको लागि धरान स्थित बि।पि।sाेइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको पथरी चौकी प्रमुख तिलकबहादुर श्रेष्ठले बताउनु भयो । अभियुक्त राईलाई सोही रात नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लाबारी पठाएको चौकी प्रमुख श्रेष्ठले बताउनु भयो ।

राई विद्यार्थीको सम्मेलनको तयारी पुरा

आजदेखि ३ दिनसम्म झापाको दमकमा साचालन हुन्लागेकॊ किरात राई विद्यार्थी संघको ५औं राष्ट्रि्रय सम्मेलनको संपूर्ण तयारी पुरा भएको सम्मेलन आयोजक समितिले जनाएको छ ।
पुर्वी नेपालको १७ वटा जिल्लालाई समेटेर किरात स्वायत्त राज्यहुनु पर्ने माग गर्दै आएको संघको पाँचौ राष्ट्रिय सम्मेलनको भोलिदेखि दमकमा शुरु हुदै छ ।
ुहसअस्तित्व र विभेदरहित वैज्ञानिक शिक्षामा सबैको जोड संघीय नेपालमा किरात स्वायत्त राज्य निर्माण हाम्रो अठोटु भन्ने नाराका साथ हुनलागेको सम्मेलनमा काठमाण्डौं उपत्यकाका सहित २१ जिल्लाका विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत ५ सय विद्यार्थी प्रतिनिधिहरु उपस्थित हुने सम्मेलन आयोजक समितिको संयोजक भोगिराज राईले बताउनु भयो ।
सम्मेलनको उद्घाटन गर्न संविधानसभाका उपाध्यक्ष पुर्णकुमारी सुवेदी आउनुहुने आयोजक समितिले जनाएको छ । उद्घाटन पुर्ब बिधिन्न जातिय झाकी सहित दमक नगरपालिकामा र् याली प्रर्दशन को साथै कार्यक्रममा किरात राई सांस्कृतिक कलाकार संघका कलाकारहरुले किराती मुक्तीका आकर्षक गीत तथा नृत्य प्रस्तुत हुने सम्मेलन आयोजक सस्कृतिक कार्यक्रम उपसमिति संयोजक मुाजु सोताङ्गले बताउनु भयो ।

मैंत्रीपूर्ण फुटबल खेलमा पत्रकार संग राई विद्यार्थी पराजित

किरात राई विद्यार्थी संघको पाँचौ राष्ट्रिय सम्मेलनको प्रचारप्रशारको लागि बिहिबार झापाको दमकमा भएको मैत्रिपुर्ण फुटबल खेलमा सम्मेलन आयोजक समितिलाई ३-० ले पराजित गर्दै दमक पत्रकार माच बिजय भएको छ ।
दमक बहुमुखी क्याम्पसमा भएको खेलमा पत्रकार माचको तर्फबाट पत्रकार मनकुमार लिम्बु र अजित धिमालले गोल गर्नु भएको थियो । आर्को गोल भने किरात राई विद्यर्थी संघको सम्मेलन आयोजक समिति सदस्य बलराम राईले आत्माघाति गोल गर्नु भएको थियो ।
खेल शुरुहुनु भन्दा अघि दमक बहुमुखी क्याम्पस प्रमुख हरी जैसवाल दमक पत्रकार माचको अध्यक्ष चेतन अधिकारीले सम्मेलन सफलताको शुभकामना ब्याक्त गर्नु भएको थियो । कार्यक्रममा संघको निबर्तमान अध्यक्ष तथा सम्मेलन आयोजक समितिको संयोजक भोगिराज राईले संगठनको तर्फबाट खेलाडि पत्रकारहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । सो संगठनको आगामि मंसिर २७ २८ र २९ गते पाँचौ राष्ट्रिय सम्मेलन हने भएको छ । सम्मेलनको उद्घाटन गर्न संबिधान सभाको उपाध्यक्ष पुर्णकुमारी सुबेदी आउने आयोजक समितिले जनाएको छ ।

Saturday, December 5, 2009

ब्यानर च्यातिएको प्रति राई बिद्यार्थी अक्रोशित

किरात राई विद्यार्थी संघको पाँचौ राष्ट्रिय सम्मेलनको प्रचार-प्रसार तथा अतिथि स्वागतको लागि निर्माण गरिएको गेट अज्ञात समुहले च्याती दिएको प्रति सो विद्यार्थी संगठनले घोर आपत्ति जनाएको छ ।
सम्मेलनमा उपस्थित अतिथिहरुको स्वागतको लागि सम्मेलन स्थाल झापाको दमक चौकमा बनाएको गेट बिहिबार राति अज्ञात समूहले च्याती दिएका थिए ।
आगामि मंसिर २७ २८ र २९ गते झापाको दमकमा हुने संगठनको पाँचौं राष्ट्रिय सम्मेलनको प्रचारको लागि बनाइएको गेट च्यातिए बिरोधमा सुक्रबार बिहान सो संगठनले आधा घण्टा सडक अबरुद्ध गरि विरोध जनाएको छ ।
कलम र धनुस अंकित झण्डा बोकेका करिव २ सय राई बिद्यार्थीहरुले सडकमा सवारी साधन राखेर कडक अबरुद्ध गरेका थिए । सडक अबरुद्ध पश्चात भएको कोण सभामा संघको केन्द्रीय सदस्य अर्जुनकुमार राईले आफ्नो संगठनको ब्यानर च्यातेर संकुचित बिचार भएका ब्याक्ती तथा समूहले लोकतान्त्रिक बिचार राख्ने किरातबासी जनसमुदाय प्रति आक्रमण भएको बताउनु भयो । लुकेर ब्याचर पर्चा च्यात्दै हिड्नेहरु आफूहरु संग बैचारिक प्रतिस्प्रदाको लागि आउनु अनुरोध गर्दै आफ्नो संगठनको ब्यानर पर्चा र भित्तेलेखन प्रति डाही गरेर बस्नेहरु आफै सिद्धिले राईले बताउनु भयो ।
किरात स्वायत्त राज्य स्थापनाको लागि शान्तिपूण आन्दोलन गर्दै आएको किरात राई विद्यार्थी संगठन प्रति यसै गरी आक्रमण हुदै गए आफ्नो संगठनले हातमा दही जमाएर नबस्ने चेतावनि दिनुभयो ।
त्यसैगरी संगठनको केन्द्रीय सचिव दिपेनवाला राईले सुक्रबारै एक बिज्ञप्ति प्रकाशन गरी दमक चौकमा टाँगिएको ब्यानर च्यातिदा सम्म प्रशासनले बेवास्था गरेकोले संगठनलाई गम्भीर बनाएको बताउनु भयो । संगठनको पाँचौ राष्ट्रिय सम्मेलन प्रति लक्षित गर्ने आक्रमणकारीलाई तत्काल पहिचान गरी कारबाही गर्न गृह्य प्रशासनलाई अग्रह गरिएको छ ।
सम्मेलनको सँघारमा गरिएको आक्रमणकारीलाई प्रशासनले बेवास्था गरे आफै आक्रमणकारीको पहिचान गरी कारबाही गरिने र त्यसबाट हुनसक्ने क्षेतीको गृह्य प्रशासनले लिनुपर्ने समेत बिज्ञप्तिमा उल्लेख छ । यस अघि पनि आफ्नो संगठनको ब्यानर र पर्चा सुनियोजितरुपमा च्यातिदै आएकोले त्यास्ता नालायक ब्याक्ती र समूहको छिट्टै पहिचान गरेर बैचारिकरुपमा नांगिने बिज्ञप्तिमा उल्ल्ोख छ ।

राई विद्यार्थी संघमा विन्दु

पथरी÷किरात राई विद्यार्थी संघको शनिबार दमकमा भएको तेस्रो जिल्ला सम्मेलनले बिन्दु राईको अध्यक्षतामा १७ सदस्यिय जिल्ला कार्य समिति सर्बसम्मत चयन भएको छ ।
निर्बाचित समितिको उपाध्यक्षमा बिमला राई सचिवमा किरण राई सहसचिवमा मिलन राई र कोषाध्यक्षमा पुजा राई चयनहुनु भएको छ ।
समितिको सदस्यहरुमा मोहन राई कुशल राई सजिना राई मिना राई ललित राई राजन राई सोना राई सदिप राई शुसिला राई निर्मल राई संगिता राई सुरज राई चयन हुनु भएको हो ।
सम्मेलनको लागि संघको केन्द्रीय उपाध्यक्ष कृष्णकुमार राई रबिन राई महासचिव धिरेन्द्र रुम्दाली सचिव दिपेनवाला राई केन्द्रीय भाषा धर्म तथा सस्कृति बिभाग प्रमुख अर्जुन जम्नेली राई केन्द्रीय सदस्य उत्तम राई केन्द्रीय पार्षद अनिलदेब राई लगायतका केन्द्रीय प्रतिनिधिहरु सहभागि रहनुभएको थियो ।किरात राई विद्यार्थी संघले पुर्बको १७ वटा जिल्लालाई समेटेर किरात स्वायत्त राज्य निर्माणहुनु पर्ने माग गर्दै आएको छ । संघको पाँचौ केन्द्रीय सम्मेलन पनि आगामि मंसिर २७ २८ र २९ गते हुने भएको सम्मेलन आयोजक समितिले जनाएको छ ।

Thursday, December 3, 2009

पूर्बी मोरङमा वन तस्करीमा बृद्धी

पथरी÷पूर्बी मोरङको सामुदायिक वनहरुबाट अबैधानिक काठ तस्करीमा बृद्धी हुन भएको छ ।दुईदिन अघि मोरङ मधुमल्लाको मनोहर सामुदायिक वन उपभोक्ता समितिको प्रतिनिधि र वन कर्मचारीहरुको मिलेमतोमा करिव ३ सय क्युबिक फिट काठ अबैधरुपमा किनबेच भएको थियो ।कानूनीरुपमा कुनै प्रकृया नपुर् याई माधुमल्लाको उपस्वास्थ्य चौकी र मधुमल्ला-४ पाण्डेचौकमा राखिएको अबस्थामा संघीय लिम्बूवान राज्य परिषदको कार्यकर्ताहरुले पत्ताा तगाएका थिए ।काठ तस्करीमा वन कर्मचारी र सामुदायिक वन उपभोक्ता समितिको संलग्नता भएको ठोकुवा गर्दै दुइ दिन अघि लिम्बूवानको कार्यकर्ताहरुले समिति र धानखेती रेाज पोष्टको कार्यालयमा लगाएको ताला अझै खुलेको छैन् । मंगलबारे इलाका वन अधिकृत अनिरुद्र साहाले भने वन कर्मचारीहरुको संलग्नता भए नभएको छानविन हुने बताउनु भएको छ ।त्यसै गरी केही दिन अघि यात्रुवाहक बसमा लोड गरी मोरङको टाडीदेखि दक्षिण तर्फ ल्याउदै गरेको ८० क्युबिक फिट बराबरमो १७६ थान सखुवाको अबैध चिरानी काठ इलाका प्रहरी कार्यालय उर्लाबारीको गस्ती टोलीले नियन्त्रणमा लिई इलाका वन कार्यालय मंगलबारेलाई बुझाएको छ ।काकडभिट्टा-बिराटनगर रुट चल्ने को १ ख १७३८ नम्बरको सो बस सहित इलाका वन कार्यालयले कारबाही चलाएको छ । सिजुवा-८ की रमादेवि राईको नाममा रहेको सो बस इलाका वन कार्यालयमै राखिएके छ । बस नियन्त्रणको क्रममा बसका स्टापहरु भने भागेका थिए । राजनैतिकरु प्ाार्टीहरुले चर्कोरुपमा चन्दा माग गर्दै आएकोले वनमा तस्करी बढेको इल्ााका वन अधिकृत अनिरुद्र साहाले बताउनु भयो ।

Friday, November 13, 2009

अबैध सामान मरामद

मोरङको रंगेलीहुदै भारतबाट ल्याउदै गरेको रासायनिक मल सहितको करिव १ लाख बराबरको अबैधसामान प्रहरीले नियन्त्रणमा लिएको छ ।शनिश्चरे स्थिति भुटानी शरणार्थी शिविर सुरक्षार्थ शसस्त्र प्रहरी बेश क्याम्पले यात्रुबाहक बसमा पथरी ल्याउदै गरेको १२ बोरा डी। ए। पी। र ९ बोरा युरिया मल चिनी २ बोरा १ टिन खानेतेल र २ थान कपडा नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको सो अबैध सामान सुक्रकारै विराटनगर भन्सार कार्यालयलाई बुझाएको शसस्त्र प्रहरी नायव निरीक्षक केशव सुबेदीले बताउनु भयो ।

बस ब्याबसाय संघको १३ औ बार्षिक साधारण सभा

मोरङ बस ब्याबसाय संघको १३ औं बार्षिक साधारण सभा सुक्रबार मोरङको पथरीमा समापन छ ।साधारणसभाको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेपाल यातायात ब्याबसायी महासंघको सल्लाहाकार संयोजक हिरा उदास सोही संगठनको कोशी अाचल अध्यक्ष रमेश भण्डारी लगायतले सभा सफल्ताको शुभकामना मन्तब्य राख्नु भएको थियो । मोरङ बस ब्याबसाय संघको अध्यक्ष कुमार तामाङको सभापतित्व भएको सो साधारणसभाले नयाँ कार्यसमिति चयन हुने बताईएको छ ।

म्ारुती पल्टिदा एक घाइते

मोरङको पथरी जय चौक सडक खण्डमा पूर्व गइरहेको को १ च ४०६१ नम्बरको मारुती भेन सुक्रबार अचानक पल्टिदा एकजना गम्भीर घाइते भएको छ ।
जय चौकको सडक उत्तरमा भेन पल्टिदा सो भेन चालक अनारमनी-४ झापाको राजकुमार गुप्ता गम्भीर घाइते भएको हो । टाउको र जीउमा गम्भीर चोट लागेको गुप्तालाई उपचारको लागि भारतको शिलिगुडी पठाइएको पथरी चौकीले जनाएको छ ।

Sunday, November 1, 2009

अष्टक्ष्मीमा पुनः राई

पथरी÷मोरङको पथरीमा स्थिापित माहिलाहरुद्वारा साचालित अष्टलक्ष्मी वचत तथा ऋण सहकारी सस्था लिमिटेडको तेस्रो साधारण सभाले पुनः बिना राईको अध्यक्षतामा ११ सदस्यिय समिति सर्वसहमत चयन हुनु भएको छ ।समितिको उपाध्यक्षमा लक्ष्मी थापा सचिवमा दुर्गा दंगाल सहसचिवमा मेनुका राई कोषाध्यक्षमा विष्णु विष्ट चयनहुनु भएको हो ।समितिको सदस्यहरुमा सरोजा खड्गी कबिता राई निर्माला ढकाल हिमा खत्री गोमा खड्का र विन्दा विष्ट सर्वसहमत चयनहुनु भएको हो । सधारान सभाले बिना सुवेदीलाई लेखा समितिको संयोजकमा चयन गरेको छ ।

नवप्रतिभाको दशौं बार्षिक उत्सव समापन

पथरी÷मोरङको शनिश्चरे-१ स्थित नव प्रतिभा बाल केन्द्रले आइतबर बिभिन्न ब्याक्तीलाई सम्माण गरी आफ्नो दशौं बार्षिक उत्सव मनाएको छ ।क्लबलाई सहयोग पुर् याउने ब्याक्तीहरु गायककार अमिर राई पत्रकार भुपेन्द्र ति_िम्सना र क्लबका पूर्व पदाधिकारीहरु लोकबहादुर चौहान सरु चौलागाई बिनिता रसाइली केशरजंङ्ग तामाङ्ग र बम सुब्बालाई सम्माणपत्रले सम्माण गरेका हुन् । क्लबको अध्यक्ष उत्तम राईको सभापतित्वमा भएको कार्यक्रममा नुत्यप्रतियोगिता र नेपालको बजेट तथा बिग्रदो मोबाईलको नेटवर्क सम्बन्धि हास्य ब्याङ्या समेत प्रदर्शन गरिएको थियो ।

ुआन्दोलन दमन गरे प्रतिकार हुन्छु ःबुढाथोकी

पथरी÷एकिकृत माओवादीको केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीले नागरिक सर्बोच्चता शान्ति र संविधान निर्माणको लागि संघर्षमा उत्रिएको नेपाली जनतालाई बर्तमान सरकारले दमन गरे आफ्नो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनि दिनुभएको छ ।संयुक्त राष्ट्रिय जनआन्दोन नेपालको मोरङ-२ नम्बर प्रथम क्षेत्रीय भेलालाई आइतबार पथरीमा सम्बोधन गर्दै नेता बुढाथोकीले सो कुरा बताउनु भएको हो ।सर्बसत्तावादी तथा यथास्थितिबादी बिरुद्धको संघर्षको उत्सवमा उत्रन सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पार्टीद्वारा गठन भएको संयुक्त राष्ट्रिय नजआन्दोलन समितिको कोचिला राज्य समितिको ईाचार्ज समेत रहनुभएको बुढाथोकिले नागरिक सर्बोच्चताको अन्तिम लडाईमा न्यायप्रेमी बामपन्थि गणतन्त्र र देशभक्त शक्तिहरु समेत खुलेर आउने भएको जनाउदै जनआन्दोलन समितिलाई संयुक्त मोर्चाकोरुपमा स्थापित गर्दै लगिने बताउनु भयो ।प्ार्टी भित्र बैचारिक र भावनात्मक एकताबद्ध भएको जनाउदै अधुरो र अपुरो क्रन्ति सम्पन्न गर्न राष्ट्रिय-अन्तराष्ट्रिय परिस्थिति अनुकुल भएको बुढाथोकीको तर्क थियो । पार्टीको संघर्षले सामन्तबाद ढलेको बताउदै एथास्थितिवादी शक्तीलाई अहिलेनै परास्त नगरे नेपाली जनाताले लामो समय सम्म दुःख भोग्नु पर्ने उहाले बताउनु भयो । बुढाथोकीले कार्तिक २३ गते बिशाल जनसभा मार्फत कोचिला स्वायत्त गणराज्य घोषणा गर्ने काठमाडौं उपत्यका नाकाबन्दी र २६ र २७ गते यथास्थितिबादीहरुको नाइकेहरुको केन्द्रकोरुपमा रहेको िसंहदरबार लाखौं जनताले घेराउ गर्ने कार्यक्रम रहेको बताउनु भयो । क्रान्तिको शान्तिपूर्ण संघर्षको रुपमा स्थानीय निकायदेखि िसंहदरबार सम्म घेराउ र नाकाबन्दी गर्दा समेत राष्ट्रपतिको कदम नसच्चिए बिद्रोहको कडा संघर्ष आउने निश्चित भएको जनाउदै सो बर्तमाण संघर्ष संगै त्यसको तयारीमा लाग्न समेत कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।आन्दोलन पश्चात पार्टी सरकारमा जाने बाताबरण निर्माण भए सत्तालाई समेत सर्बहारा सत्ता स्थापनाको औजारकोरुपमा प्रयोग हुने नेता बुढाथोकीले बताउनु भयो ।भेलाले सीताराम बुढाथोकीको अध्यक्षतामा ५१ सदस्सिय २ नम्बर क्षेत्रीय संयुक्त जनआन्दोलन समिति चयन गरेको छ । सो समितिको उपाध्यक्षमा महेश्वर राजवंशी सुर्य किराती सचिवमा रामकुमार राई र सहसचिवमा भक्त धिमाल चयन हुनुभएको छ ।सो समितिको आयोजनामा पार्टी केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीको नेतृत्वमा शनिबार साँझ पथरीमा करिव ८ सय कार्यकर्ताको सहभागीता राँके जुलुस प्रदर्शन भएको थियो ।

Monday, October 26, 2009

विशेष सुरक्षानीतिको बिरोधमा आज नेपाल बन्द

पथरी÷बर्तमान सरकारले घोषणा गरेको विशेष सुरक्षानीतिलाई जातिय आन्दोलन दबाउन ल्याएको सुरक्षानीति भएको भन्दै कमल छाराहाङ्गले नेतृत्व गरेको राष्ट्रिय आदिबासी जनजाति दलित गणतान्त्रिक मोर्चाले आज मंगलबार एकदिने नेपाल बन्दको घोषणा गरेको छ ।छाराहाङ्गले नेतृत्व गरेको सो संगठनमा बिशेष गरेर जातिय मुक्तीको कुरा उठाउदै आएको शसस्त्र निशस्त्र भुमिगत तथा अर्ध भुमिगत २२ वटा भन्दा बढी संगठनहरु सहभागी रहेको बताउदै आएको छ । मोर्चामा थारुवान आन्दोलन गर्दै आएको लक्ष्मण थारुको संयुक्त थारु संघर्ष समिति हतियार सहित रहेको किरात जनवादी वर्कस पार्टी झापा सुरक्षा समितिद्वारा कार्यक्रम गर्न प्रतिबन्दित पल्लो किरात संघीय लिम्बूवान राज्य परिषद जनसंघीय लिम्बूवान राज्य परिषद साजुहाङ्ग पालुङ्वाको नेतृत्वमा रहेको संघीय लिम्बूवान राज्य परिषद मिसेकहाङ लिम्बूको लिम्बूवान राज्य परिषद क्रान्तिकारी लगायतको संगठनहरुले बन्द सफल पार्न सकि्रय रहने जनाएको छ । यस बन्दमा कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बूवान राज्य परिषदले भने कुनै प्रतिकृया दिएका छैनन् ।कमल छाराहाङ्ग तत्कालिन संघीय लोकतान्त्रिक राष्ट्रिय माचको केन्द्रीय अध्यक्ष रहेपनि कुमार लिङ्देन संग आन्दोलनको लाइनको विषयमा टकराव भएपछि समानुपातिक सभासद राजकुमार नाल्बोलाई माचको कार्यबाहक अध्यक्ष बनाएर आदिबासी जनजाति दलित तथा मुश्लिमहरुको अधिकार आन्दोलनबाटै स्थापित गर्ने उद्घोष गर्दै गणतान्त्रिक मोर्चा गठन गरेका हुन् । सो मोर्चाले सरकारद्वारा घोषित विशेष सुरक्षानीतिलाई जातिय आन्दोलन दवाउन ल्याइएको जनाउदै पहिलो पटक नेपाल बन्दको घोषणा गरेका हुन् ।

ुअधिकार स्थापनाको लागि बिद्रोह आवश्यकुः सभासद

मोरङ क्षेत्र नम्बर-२ का सभासद लालबहादुर शुस्लिङ मगरले देशमा जनविद्रोहको उचित परिस्थिति सिर्जना भएको बताउदै सो को लागि तयारी हुन कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ ।एकिकृत नेकपा माओवादीको पथरी गाँउ समितिले सोमबार आयोजित राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै सभासद मगरले सो कुरा बताउनु भएको हो ।आफ्नो पार्टी सरकारमा रहदा समेत अन्या पार्टीको असहयोगको कारण जनताको चाहना बमोजिम कार्य गर्न नसक्दा पीडा भइरहेको बताउदै संविधानमा जनताको अधिकार स्थापित गर्न आफूहरु संसदिय मोर्चाबाछ निरन्तर संघर्ष गर्दै आएको बताउनु भयो ।
आफ्नो पार्टी एकिकृत माओवादीले भने जस्तो संविधान नबने जनताको अधिकार स्थापित नहुने भएकोले जनबिद्रोह अनिबार्य भएको उहाँले बताउनु भयो । सो विद्रोहको लागि राष्ट्रिय अन्तराष्ट्रि परिस्थिति उचित बन्दै गएकोले नेपाली जनताको चाहना अनुसारको राज्य सत्ता स्थापित गर्न एकपटक सम्पूर्ण जनता बिद्रोहमा उत्रनुपर्ने सभासद मगरले बताउनु भयो । हिजो माओवादीले जातीय मोर्चा बनाइरहदा देशलाई बिखण्डन गर्न लागेको आरोप लगाउने पुजिबादी काग्रेस एमाले पार्टीहरु अहिले पार्टी भित्र जातिय संगठन बनाएर देशलाई जातीय युद्ध गराउन खोजेको भन्दै सो प्रति सजक रहन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । जातिय अधिकार स्थापित गराउन चाँडै ुजातीय गणतान्त्रिक महासंघु लागेको बताउदै देशको हरेक समुदायलाई मिलाएर लानेकुरामा पार्टी दृढ रहेको सभासद मगरले बताउनु भयो ।कार्यक्रममा एकिकृत माओवादीको मोरङ जिल्ला सह-इाचार्ज शुसिलले नेपालमा विद्रोहलाई तार्किक निस्कर्षमा पुर् याउने हैसियतमा पार्टी पुगेको जनाउदै सत्ता बाहिरबाट मुक्ती संभव नहुने भएकोले सर्बहारा जनताको सत्ता स्थापना गर्न सम्पुर्ण जनता विद्रोहमा उतानु पर्ने बताउनु भयो । नेपालको मजबुद पार्टी तथा बैचारिक र भावनात्मक हिसावले एकताबद्ध भएकोले बिगतमा हुदै आएको अपर्ण क्रान्तिलाई पुरा गर्ने हैसियतमा एकिकृत माओवादी पार्टी पुगेको बताउनु भयो । पार्टी लक्ष्य प्राप्तिको अन्तिम चरणमा प्रवेश गरेकोले पार्टीले लिएको मार्गदर्शन नेपाली जनताको साझा बनाएर लान सक्नुपर्ने समेत तर्क खाख्नु भयो ।कार्यक्रममा पार्टी जिल्ला सल्लाहकार लक्ष्मीप्रसाद पोख्रेल जिल्ला सेक्रेटरी मिरा सहसेक्रेटरी बलिदान २ नम्बर क्षेत्रीय इाचार्ज योाजन लगायतका नेताहरु उपस्थित कार्यक्रममा पथरीका करिब डेढ सय कार्यकर्ताहरु सहभागी रहेका थिए ।

Tuesday, October 20, 2009

दुर्घट्ना पछि प्रहरी कार्यालय तोडफोड तीन घाइते

मोरङको इलाका प्रहरी कार्यालय लेटाङ्गको बा १ झ ७५२५ नम्बरको भेन र बिपरित दिशाबाट आएको को १ प ५१९३ नम्बरको मोटरसाइकलवीच सोमबार साँझ ठक्ककर खादा तीनजना घाइते भएका छन् । गस्तीमा निस्केको भेनसंग ठक्कर खादा लेटाङ्ग बजार उत्तर गइरहेको मोटरसाइकलमा सवार लेटाङ्ग-३ को अबित तामाङ्ग दिलमाया तामाङ र सुस्मा तामाङ्ग घाइते भएका हुन् ।सो मोटरसाइकलमा चारजना सवार रहेको लेटाङ्ग प्रहरीले जनाएको छ । दुर्घट्नापछि घाइतेलाई उपचारको लागि जनपि्रय मेडिकल हलमा लेटाङ्गमा ल्याईएको प्रहरी भेनमा आक्रोशित ब्याक्तीहरुले ढुङ्गा प्रहार गरी क्षेती पुर् याएको छ । प्रहरी भेनको शिशा तथा बक्तीहरु कामै नलाग्ने गरि क्षेती भएको छ ।दुर्घट्नापछि जम्मा भएको दुई सय भन्दा बढीको भीडले सोमबार रातिनै इलाका प्रहरी कार्यालय प्रबेश गरेर प्रहरी माथि कुटपिट गर्नुका साथै तोडफोड समेत गरेको छ । प्रहरी विरुद्ध नाराजुलु सहित त्याहा पुगेका अक्रमानकारीहरुको कुटपिटबाट इलाका प्रहरी कार्याल्ायको प्रहरी सहायक निरीक्षक नबाफ बस्नेत हवल्दार निर्मनी भट्टराई जवान देवानन्द साहा घाइते भएको सो कार्यालयले जनाएको छ । प्रहरी कार्यालयमा आक्रमन भएपछि लेटाङ्ग बजार सोमबार मध्येरात सम्म तनाव ग्रस्त भएको थियो ।घाइतेको पक्षधरहरु रातिनै इलाका प्रहरी कार्यालय प्रवेश गरी कार्यालयको गेटमा राखिएको बोर्ड शिसाहरु मन्दीरमा तोडफोड गरी क्षती पुर् याएको छ ।खुट्टामा चोट लागेको घाइते तामाङ्गलाई थप उपचारको लागि रातिनै धरान बी।पी।sाेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर् याईको थियो । घाइते तामाङ्गको आफन्तहरुले उपचारमा ढिलाई गरेको भन्दै अस्पतालको स्वास्थ्यकर्मीहरुमाथि समेत हातपात गरेपछि त्याहाका प्रहरीहरुले तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यष विषयमा घाइते पक्षसंग भने सम्पर्कहुन सकेन् ।

Sunday, October 18, 2009

आफ्नै साथिलाई खुकुरी प्रहार

मोरङ पथरी-१ को २२ बर्षिय राजु राईलाई मादक पदार्थ सेवन गरेका आफ्नैसाथीहरुले आइतबार राति धारिलो हतियारले काटेर गम्भीर घाइते बनाएको छ ।राति देउसी खेली सकेर होटलमा नास्ता खाने क्रममा सामान्य विषयलाई लिएर राईलाई खुकुरी प्रहार भएको थियो । टाउको गर्धन र हातमा गम्भीर चोट लागेको राईलाई उपचारको लागि धरान स्थित बी।पी। कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको पथरी चौकी प्रमुख आइत तामाङले बताउनु भयो ।खुकुरी प्रहार गर्नेहरुको पहिचानको लागि तीनजनालाइै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आगलागिबाट ६ लाख भन्दा बढीको क्षेती

तिहारमा बालिएको ममबत्तीबाट आइतबार राति मोरङको शनिश्चरे-७ को राम निरौलाको घर आगलागिहुदा ६ लाख भन्दा बढीको क्षती भएको छ ।राति १० बजे भएको सो आगलागिबाट काठको २ तले घर पूर्णरुपमा क्षेती भएको छ । घर संगै निरौलालाई छिमेकीले राख्न दिएको ३ लाख नगद र गरगहना लत्ताकपडा अन्न समेत जलेर नष्ट भएको छ । बालिएको ममबक्ती जलेर सकिएपछि टेवल सल्किएर आगालागि भएको प्रहरीले जनाएको छ । माथिल्लो तलामा नानी सुताएर घरका अन्य सदस्यहरु भुई तलामा माला उन्ने लगायतको काम गरिरहेको बेला एक्कासी घरको छानामा ठूलो आगो देखिएको पीडित परिवारले बताए ।आगलागि हुनासाथ दमक नगरपालिको वारुणयन्त्रलाई फोन सम्पर्क गर्दा विगि्रएको जानकारी आएको र इटहरीको दमकल समेत घर पूर्णरुपमा क्षेती भइसकेपछि आएकोले स्थानीयबासीहरु आक्रोसित भएका थिए । घर पूर्णरुपमा क्षेती भएपनि मानविय क्षेती भनेहुन पाएन ।आगलागि नियन्त्रण गर्न नजिकै रहेको शनिश्चरे शसस्त्र प्रहरी सुरक्षा वेश क्याम्पको प्रहरी समेत समयमा नपुगेको भन्दै प्रहरी संग समेत स्थानीयबासीहरु आक्रोशित भएको गुनासो छ । आगो नियन्त्रण गर्न तत्काल थप सहयोगको लागि सम्पर्क गर्दा मोरङ जिल्ला प्रमुख अधिकारीले समेत फोन नउठाएको एकिकृत माओवादी मोरङ जिल्ला सदस्य सीताराम बुढाथोकीको गुनासो छ । दमकल र प्रहरीको सहयोग भएको भए क्षेती न्युनिकरण गर्न सकिने अबस्था भएपनि सरकारी कर्मचारीहरुको बेवास्ताले घर पूर्णरुपमा क्षेती भएको बुढाथोकीको भनाई छ ।

Thursday, October 15, 2009

ुराजनैतिक गतिरोध अन्त्यको लागि उच्च स्तरिय समिति आवश्यकुः कोइराला


विराटनगर÷नेपाली काग्रेसको सभापति गिरिजाप्रसाद कोइरालले बर्तमान राजनैतिक गतिरोध अन्त गर्न राजनैतिक पार्टीहरुको सिर्श नेताहरु सहभागी रहेकॊ उच्च स्तरिय समिति गठनहुनु पर्ने बताउनु भएको छ ।
काग्रेसको मोरङ जिल्ला समितिको कार्यालय परिषरमा निर्मित बी।पी। कोइराला र नोना कोइरालाको बिहिबार आयोजित प्रतिमा अनाबरण समारोहमा बोल्दै सभापति कोइरालाले सो कुरा बताउनु भएको हो ।
आफ्नो प्रस्तावप्रति एकिकृत माओवादीको अध्यक्ष प्रचण्ड पनि सकारात्मक भएको भन्दै सो समिति निर्माण भएपछि मात्र बर्तमान राजनैतिक गतिरोध अन्तहुने उहाले बताउनु भयो । उत्त प्रस्तावलाई अन्तराष्ट्रिय समुदायले समेत मनपराएको उहाँको भनाई थियो ।
देशको बर्तमान चुनौतीलाई नेपाली काग्रेसले अबसरको रुपमा लिनुपर्ने कार्याकर्ताहरुलाई निर्देशन दिदै संविधान निर्माण र शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर् याउने जिम्मेवारी नेपाली काग्रेसको काधमा आएको सभापति कोइरालाले बताउनु भयो ।
ुमेरो डिस्नेरीमा निराशा छैन सधै आशावादी छु कोइरालाले भन्नुभयो ुअन्य पार्टीहरुसंग सहकार्य गरेर देशलाई शान्ति र सबृद्धिमा पुर् याउने शक्ति तपाईहरुले मालाई दिनुहोस ।ु
छोरी सुजता कोइरालालाई गठबन्धन सरकारको उपप्रधानमन्त्री बनाएको विषयमा पार्टीको केन्द्रीय नेताहरुबाट चर्को आलोचना खेपिरहनु भएको कोइरालाले पार्टी भित्रको साना-तिना घट्नाले कुनै महत्व नराख्ने बताउदै राष्ट्र अघि बढाउन एकताबद्ध भएर लाग्नु पर्ने बताउनु भयो ।
दाजु बी।पी। र भाउजु नोना कोइरालाबाट शिक्षा पाएर आफु राजनीतिमा लागेको स्मरण गर्दै उहाँहरुको योगदानले नै पार्टीलाई यस अबस्थासम्म ल्याएको बताउनु भयो । आफू फेल भएपनि देशलाई फेलहुन नदिने प्रतिबद्धता गर्दै देशलाई सहिदिशामा डोर् याउन आफू दृढ भएर लागिररहेने समेत बताउनु भयो ।
कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य महेश आचार्यलेले एकिकृत माओवादी सैन्य अंगलाई अन्त्य नगरी प्रजातान्त्रिकरुपान्त्रण हुन नसक्नै बताउदै अहिलेसम्म सो पार्टी सैन्य अंग अन्त्य नहुनुमा आफ्नै पार्टीको नेताहरुको समेत कमजोरी रहेको बताउनु भयो । आचार्यले राष्ट्रपतिले चालेको कदम तत्कालिन प्रधानमन्त्रि प्रचाण्डले चालेको कदम सच्याएको मात्र भन्दै अहिले सदनमा छलफलको माग गरिरहेको माओवादी पार्टीले आफु प्रधानमन्त्रीहुदा किन छलफल गरेनन भन्ने उहाँको प्रस्न थियो ।
कार्यक्रममा संघीय मामिला संबिधानसभा संसदिय ब्याबस्था तथा संस्कृति मन्त्री डा। मिनेन्द्र रिजालले पार्टी भित्रको बिबादलाई सतहमा ल्याउन नहुने बताउनु भयो । उर्जा मन्त्री प्रकासशरण महतले एकिकृत माओवादीले नागरिक सर्बोच्चताको नाममा एक दलिए माओवादी सर्बोच्चता ल्याउन खोजेको आरोप लगाउदै आफूहरु जातीय संघीयताको पक्षमा नरहेको बताउनु भयो । उहाँले नेपाल अभाबबै अभाबमा गुजि्ररहेकोले नेपाली जनताको आबश्यकता अत्याधिक भएकोले कुनै मन्त्री र सरकारले एकैचोटी पुरागर्न नसक्ने जनाउदै आफु बिद्युत उत्पादनमा आफ्नो बुद्धी र विबेकले भ्याएसम्म लागिरहने बताउनु भयो । कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य तथा पूर्व गृह्यमन्त्री कृष्णप्रसाद सिटौला लागयतले बोल्नुभएको थियो ।
पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले कार्यालय परिषरमा निर्मित बी।पी।र नोना कोइरालाको प्रतिमा अनाबरण गर्नुको साथै ट्रेड युनियन काग्रेस पूर्वााचल समितिद्वारा प्रकाशित श्रमिक आवाज मुखपत्र बिमोचन गर्नुभएको थियो । कार्यक्रममा पार्टीलाई योगदान पुर् याउने उमालक्ष्मी शर्मा बीरबहादुर थापा रामबहादुर सिटौला र भरतबहादुर थापालाई सम्माणपत्रले सम्माण गरेका थिए ।

Sunday, October 11, 2009

लिम्बू विद्यार्थीद्वारा लिम्बूवानको बारेमा अन्तरकि्रया समापन

लिम्बू विद्यार्थी माच जिल्ला कार्यसमिति मोरङले आइतबार पथरीमा ुलिम्बूवान स्वायत्तताको सवाल र चुनौतिहरुको विषयमा एक अन्तरकि्रया कार्यक्रम साचालन गरेको छ ।
लिम्बूजन्य संघ-संगठनहरु स्थानीय सस्था र राजनीतिक दलका प्रतिनिधिहरु उपस्थित कार्यक्रममा माचको केन्द्रीय अध्यक्ष टंक लिम्बुले लिम्बूवान सम्बन्धि अबधारणपत्र प्रस्तुग गर्नु भएको थियो । अबधारणपत्र माथि किरात याक्थुम चुम्लुङको मोरङ जिल्ला सचिव युबराज लिम्बू किरात राई यायोक्खा जिल्ला सचिव अर्जुनकुमार राई माच सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदको केन्द्रीय सदस्यहरु लोकसागर साम्बा अशोक चेम्जोङले बोल्नु भएको थियो
कार्यक्रममा एमालेका २ नम्बर क्षेत्रीय सदस्य टंक भण्डारी नेपाली काग्रेसको जिल्ला सदस्य गणेश खड्का तथा विजय खम्बू गोविन्द लिम्बू लगायतले लागयतले अबधारण प्रति आफ्नो संगठनको सुझाब तथा टिप्पनी गर्नु भएको थियो । माचाको जिल्ला अध्यक्ष विषाल लम्बूको सभापतित्वमा भएको कार्यक्रम जिल्ला सचिव फिपराज बेघाले गर्नुभएको थियो ।

Saturday, October 10, 2009

बलत्कारको प्रयास गर्ने एक पक्राउ

पथरी-छिमेकी एक महिलालाई बलत्कारको प्रयास गर्ने मोरङ शनिश्चरे-१ ऐयाबारीको ३० बर्षिय सागर राईलाई सुक्रबार साँझ प्रहरीले नियान्त्रणमा लिएको छ ।श्रीमान बैदेशिक रोजगारीको क्रममा विदेश भएकाी बैबाहिक महिलाले आफूलाई जबरजस्ति गर्न खोजेको प्रहरीलाई उजुरी दिएपछि राईलाई पथरी चौकीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लाबारी पठाएको हो । जबरजस्ति गर्न खोजेको आरोपित राई श्रीमती संग छोडपत्र गरेको दुई छोराको बाउ हुन् ।

सवारी साधन बढेकोले दुर्घट्ना बृद्धी भएको ट्राफिकको भनाई

अर्जुन जम्नेली राई
पथरी-दशैं अबधिको १५ दिनमा पूर्बी मोरङमामात्र ११ वटा भन्दा बढी सवारी दुर्घट्ना हुदा दुई जनाको ज्यान जानुको साथै ३६ भन्दा बढी यात्रुहरु घाइते भएका छन् ।असोज ७ देखि २१ गते सम्म मोरङको उर्लाबारी देखि बेलबारी सम्मको दुरीमा एकैदिन दुईवटा सम्म सवारी दुर्घट्ना भएको थियो । असोज ७ गते बिपरित दिशाबाट आएको दुई मोटरसाइकल ठक्कर खाँदा ३ जना घाइते भएका थिए ।त्यसको तीनदिन पछि मे १ ख ११३४ नम्बरको बस पथरीमा सडकबाट नालिमा खस्दा १५ जना घाइते भएका थिए । १२ गते पूर्व गइरहेको को ५ प ३३०४ नम्बरको बसले ठक्कर दिदा शनिश्चरे भुटानी शरणार्थी धनमान राईको मृत्यु भएको थियो । त्यसैदिन पूर्व गइरहेको अन टेष्ट सेन्ट्रो कारलाई नम्बर नखुलेको मारुती भेनले ठक्कर दिएर भाग्दा कारमा सवार ६ जना घाइते भएका थिए । १४ गते मे १ ख ७२६ नम्बरको पूर्व गइरहेको ट्रक र विपरित दिशाबाट आएको को १ च २१५३ नम्बरको मारुती आपसमा ठक्कर खादा १२ जना घाइते भएका थिए । १६ गते एकैदिन को १ ख २४०१ नम्बरको बसले साइकल यात्री र को ३ प ६६९७ नम्बरको मोसाले ठक्कर दिदा तीनजना घाइते भएका थिए । १८ गते पनि पश्चिम जादैगरेको बा ६ च १६५ नम्बरको कारले ठक्कर दिदा साइकल यात्री घाइते घाइते भएका थिए । २१ गते बेलबारीमा पश्चिम गइरहेको को १ ख १९९३ नम्बरको बसले ठक्कर दिदा बेलबारी-८ को रिपुमर्दन भण्डारीको घट्ना स्थलमै मृत्यु भएको थियो । दशैंमा सडकमा गुड्ने सवारीसाधनको बृद्धी र चालकको लापार्बाहीबाहीको कारण दुर्घट्ना बढेको इलाका ट्राफिक प्रहरी कार्यालय पथरीको प्रहरी सहायक निरीक्षक विनोदिसंह थापाले बताउनु भयो । काठमाडौंबासी पूर्बेलीहरु दशैंमा राजधानीबाट जिप कार भेन मोटरसाइकल लिएर पूर्ब आउनुको साथै काठमाडौंमा चल्ने बस र मिनिबस यात्रुहरुले रिर्जबमा ल्याएकोले सवारीसाधन बढेपछि दुर्घट्नामा बृद्धी भएको थापाले बताउनु भयो ।

तामाङ विद्यार्थी सम्मानित

पथरी-नेपाल तामाङ घेदुङ्ग संघ पथरीले शनिबार एक कार्यक्रमको आयोजना गरी यस बर्ष पथरीबाट प्रवेशिका परिक्षा पास गर्ने २१ जना तामाङ्ग विद्यार्थीलाई सम्माण गरेको छ ।संघको पथरी इकाई समितिको अध्यक्ष लालाबहादुर तमाङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष जयलाल तामाङको हातबाट विद्यार्थीहरुलाई सम्माणपत्र र शैक्षिक सामाग्रीहरु प्रदान गरी सम्माण गरेका हुन् । संघको जिल्ला सचिव दिलबहादुर तामाङले साचालन गर्नुभएको कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ पथरीको अध्यक्ष हरीकुमार राई एकिकृत माओवादीको बेदनिधी खनाल नेपाली काग्रेसको देवीप्रसाद गौतम लगायतले सम्मानित विद्यार्थीहरुलाई शुभकामना मन्तब्य राख्नुभएको थियो ।

Friday, October 9, 2009

बन्द झन कडा बनाउने चेतावनी

पथरी-नेपाल आदिवासी जनजाति महासंघ सुनसरीको अध्यक्ष सुजेन्द्र तमाङले झुम्का स्थित पूर्वााचल क्षेत्रीय कारागारमा भएको अर्जुन तामाङ्गको हत्यारालाई सरकारले कारबाही र पीडित परिवारलाई क्षेतीपूर्तनदिई बेवास्ता गरे आन्दोलन अझ कडा बनाउन चेतावनि दिनु भएको छ । छ बर्ष अघि छिमेकी शम्भु राईको हत्या गरेको अभियोगमा जेल सजाय भोग्दै आएको मोरङ टाँडी-४ को अर्जुन तामाङको भदौं २९ गते कारागारमै हत्या भएको पीडित परिवारले बताउदै आएको छ । तामाङको हत्यामा सरकारी कर्मचारी जेलर संजिव निरौला त्याहा कार्यरत प्रहरी नायव निरीक्षक बिमल निरौला र कारागारको नाइकेकैदी-चौकीदार देवकुमार मेहताको हात रहको मृतक अर्जुन तामाङको दाई चन्द्र तामाङको आरोप छ । हत्यापछि अहिले सम्म सरोकारवालाहरुले बेवास्था गरेको भन्दै नेपाल आदिबासी जनजाति महासंघ सुनसरी मोरङ र संघीय लिम्बूवान राज्य परिषद क्रान्तिकारी लगायतका संगठनहरुले सुक्रबार सांकेतिकरुपमा झापा मोरङ र सुनसरी बन्दको घोषणा गरेका थिए पीडित परिवारले मृतक तामाङको शव अहिले सम्म जिम्मा नलिई आन्दोलन गर्दै आएका छन् । आफूहरुले भाईको शव जिम्मा नलिएपछि धरान स्थित बि।पि।sाेइराला स्थास्थ्य विज्ञान प्रतिष्ठानमै रहेको मृतकको दाई चन्द्र तामाङले बताए ।
कारागारमा हत्या भएको अर्जुन तामाङ्गको पीडित संघर्ष समितिको अध्यक्ष समेत रहनुभएको सुजेन्द्र तामाङ्गले फोन सम्पर्कमा तीन जिल्ला बन्द गर्दा समेत सरकारी पक्षले बेवास्था गरेको जनाउदै शनिबार आज बस्ने संघर्ष समितिको बैठकले थप आन्दोलनको बारेमा निर्णय गर्ने बताउनु भयो ।
यता मोरङको पथरीमा बन्द सफल पार्न सुक्रबार विहानैदेखि संघीय लिम्बूवान राज्य परिषदक्रान्तिकारीको मोरङ जिल्ला अध्यक्ष राजीत लिम्बू र मृतक तामाङको दाई चन्द्र तामाङ्गको नेतृत्वमा बन्दकर्ताहरु सकि्रय रहेका थिए । बन्दका कारण सयौ यात्रुहरु दिनभर अलपत्र परेका थिए । पथरी बजार र सरकारी तथा गैरसरकारी संघसस्थाहरु समेत बन्द भएपनि पूर्वी मोरङको उर्लाबारी बेलबारी लेटाङ्ग बजारहरु भने खुल्ला रहेको छ । लामोदुरीको सवारी साधनहरु प्रहरीले स्कटिङ्ग गरेर पथरी पार गरेपनि पूर्व र पश्चिमबाट छुटेर आएका यात्रु तथा मालबाहक सवारी साधनहरु आन्दोलन कर्मीले रोकेर राखेका थिए अर्जुन जम्नेली राई

मोटरसाइकल दुर्घट्नामा दुई घाइते

पथरी-मोरङको पथरी जयचौक सडक खण्डमा सुक्रबार दिउसो भएको मोटरसाइकल दुर्घट्नामा दुईजना घाइते भएका छन् ।
पुर्व गइरहेको मे २ प ८१५० नम्बर र मे २ प २८३९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा पथरी-२ को भरत राई र सीता लिम्बू घाइते भएका हुन् । घाइते दुवैजनाको दमक स्थित आम्दा अस्पतालमा उपचार भइरहेको पथरी चौकीले जनाएको छ ।

Thursday, October 8, 2009

हत्याको विरोधमा आज विहानै देखि तीन जिल्ला बन्द

पथरी÷सुनसरीको झुम्का स्थित पूर्वााचल क्षेत्रीय कारागारमा भएको अर्जुन तामाङ्गको हत्यारालाई कारबाही तथा पीडित परिवारलाई क्षेतीपूर्तीको माग गर्दै मिसेकहाङ लिम्बूको नेतृत्वमा रहेको संघीय लिम्बूवा राज्य परिषद क्रान्तिकारी र पीडित संघर्ष समितिले घोषणा गरेको बन्दले पूर्वी मोरङ आज विहानैदेखि प्रभावित भएको छ ।

छ बर्ष अघि छिमेकी शम्भु राईको हत्या गरेको अभियोगमा जेल सजाय भोग्दै आएको मोरङ टाँडी-४ को अर्जुन तामाङको भदौं २९ गते सरकारी प्रशासक र कैदीहरुको चरम यातना दिएर कारागार भित्रै हत्या भएको पीडित परिवारको आरोप लगाउदै आएको छ । हत्यापछि अहिले सम्म सरोकारवालाहरुले बेवास्था गरेको भन्दै पीडित संघर्ष समितिले आन्दोलन गर्दै आएको छ ।

पीडित परिवारले मृतक तामाङको शव अहिले सम्म जिम्मा नलिएकोले धरान स्थित बी।पी।sाेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै रहेको छ ।

तामाङको हत्यापछि बेवास्था भएको भन्दै संघीय लिम्बूवान राज्य परिषदक्रान्तिकारीको मोरङ जिल्ला अध्यक्ष राजीत लिम्बू र सचिव विषाल किरातीले हिजै एक विज्ञाप्ति प्रकाशन गरी पीडित संघर्ष समितिलाई सहयोग गर्ने जनाउदै झापा मोरङ र सुनसरी जिल्ला बन्दको घोषणा गरेका हन । बन्द सफल पार्न आज विहानैदेखि मृतक तामाङको दाई तथा पीडित संघर्ष समितिका अध्यक्ष चन्द्र तामाङ्ग र परिषदको मोरङ जिल्ला अध्यक्ष रंजीत लिम्बुको नेतृत्वमा बन्दकर्ताहरु बसेर मोटरसाइकल समेत बन्द गराएका कारण यात्रुहरु अलपत्र परेका छन् । पथरी लगायतको पूर्वी मोरङका सरकारी कार्यालयहरु बजार संघसस्था समेत बन्द रहेको छ ।

अर्जुन जम्नेली राई÷पथरी

कारागारमा गरिएको हत्याको क्षेतीपूर्ती र दोषीलाई कारबाहीको माग गर्दै आज तीन जिल्ला बन्दको घोषणा

पथरी-सुनसरीको झुक्का स्थित पूर्वााचल क्षेत्रीय कारागारमा भएको अर्जुन तामाङ्गको हत्यारालाई कारबाही तथा पीडित परिवारलाई क्षेतीपूर्तीको माग गर्दै मिसेकहाङ लिम्बूको नेतृत्वमा रहेको संघीय लिम्बूवा राज्य परिषद क्रान्तिकारी र पीडित संघर्ष समितिले आजसुक्रबार एक दिन झापा मोरङ र सुनसरी जिल्ला बन्दको घोषणा गरेको छ ।छ बर्ष अघि छिमेकी शम्भु राईको हत्या गरेको अभियोगमा मोरङ टाँडी-४ को अर्जुन तामाङले जेल सजाय भोग्दै आएका थिए । झापाको चन्द्रगडीबाट भदौं २१ गते सरुवा भएको तामाङको भदौं २९ गते सरकारी प्रशासक र कैदीहरुको चरम यातना दिएर हत्या भएको पीडित परिवारले आरोप लगाउदै आएको छ । भाईको हत्यामा कारागारको जेलर संजीव निरौला त्यारा कार्यरत प्रहरी नायव निरीक्षक बिमल निरौला र कैदी देवकुमार मेहताको मिलेमतो रहेको मृतक तामाङको दाई चन्द्र निरौलाको आरोप छ । आरोपित ब्याक्तीहरु संग भने सम्पर्क हुन सकेन् ।हत्याको विषयमा सरोकारवालाहरुले कुनै चासो नदिएको भन्दै संघीय लिम्बूवान राज्य परिषदक्रान्तिकारीको मोरङ जिल्ला अध्यक्ष राजीत तामाङ र सचिव विषाल किरातीले विज्ञाप्ति प्रकाशन गरी पीडित संघर्ष समितिलाई सहयोग गर्ने जनाउदै बन्दको घोषणा गरेका हन् । क्रान्तिकारीको एक दिने संकेतिक बन्दलाई सरकारले बेवास्था गरे कडा कार्यक्रम सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ ।यता मृतक तामाङको दाई तथा पीडित संघर्ष समितिका अध्यक्ष चन्द्र तामाङ्गले सुक्रबार तीन जिल्ला बन्दहुने र मागहरु पुरा नभए अझ कडा संघर्ष गर्दै जाने बताउनुभयो ।
अर्जुन जम्नेली राई

Wednesday, October 7, 2009

दर्बेसामा गोल्डकप शूरु

दर्बेसामा गोल्डकप शूरु
पथरी-मोरङको दर्बेसामा बुधाबार देखि ुदर्बेसा गोल्ड कप-२०६६ु फुटबल प्रतियोगिता शूरु भएको छ ।आज भएको उद्घाटन खेलमा दुर्गापुरी फुटबल क्लब दुर्गापुरीलाई ४-१ गोल अन्तरले पराजित गर्दै केरौनको जहदा फुटबल क्लब प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । जहदाको तर्फबाट रबिन धिमालले ह्याटि्रक गरेका थिए भने छविन्द्र राईले आर्को गोल गरेका थिए । दुर्गापुरीको तर्फबाट भने दिलिप सुब्बाले एक गोल फर्काएका थिए । आजको खेलको म्यान अफ द म्याच जहदाका खेलाडि रविन धिमाल घोषित भएका थिए । पसर्ीको खेल पी।एल।ए। चुलाचुली र पिडारमणि स्पोर्टिङ्ग क्लब विराटनगरवीच हुने आयोजक समितिको अध्यक्ष दुर्गा रेग्मीले बताउनु भयो ।

जनजातिहरु राजनीतिकरुपमा अगाडि बढ्न आबश्यक

पथरी-किरात राई यायोक्खाको केन्द्रीय महासचिव चन्द्रविक्रम राईले जातीय मुक्ती राजनीति संग जोडिएको बताउदै देशका सम्पूर्ण आदिबासी जनजातिहरु राजनैतिकरुपमा माथि उठ्नु पर्ने बताउनु भायो । यायोक्खाको मोरङ जिल्ला समितिले बुधबार बेलबारीमा आयोजित भेलामा बोल्दै महासचिव राईले सो कुरा बताउनु भएको हो । उहाँले विश्वमा अधिकार स्थापनाको लागि सत्तानै सबभन्दा ठूलो सक्ती भएको बताउदै नेपालका उत्पीडित जनजातिहरु राजनीतिकरुपमा अघि बढ्नुपर्ने बताउनु भयो । याहाका आदिबासीहरुलाई नाममात्रको संघीयता नभएर आत्मनिर्णय सहित राज्य चाहिएको बताउदै सो प्रप्त गर्न सम्पूण उत्पीडित जनता एक भएर अघि बढ्नु पर्ने बताउनु भयो । नेपालका ठूला राजनीतिक दलहरुको आडमा संघीय विरोधी तत्वहरु अगाडि बढीरहेको आरोप लगाउदै लिम्बू खम्बूको छुट्टाछुट्टै आन्दोलन गर्नुभन्दा बृहत किरात स्वायत्त राज्य नै सबै हिसावले बैज्ञानिक भएकोले उनीहरु संग किरात स्वायत्त राज्यको विषयमा छलफल भइरहेको बताउनु भयो । संगठनको आगामी कार्तिकमाह धरानमा हुन लागेको ७ ओ राष्ट्रिय सम्मेलनको बिषयलाई लिएर यायोक्खाको केन्द्रीय प्रतिनिधिहरु जिल्ला भ्रमनमा आउने क्रममा महासचिव राई मोरङ आएका हुन् । कार्यक्रममा सो संगठनको केन्द्रीय संगठन बिभाग प्रमुख तिलक राई केन्द्रीय सदस्य बुद्धी चाम्लिङ लगायतले बोल्नु भएको थियो । कार्यक्रम यायोक्खा जिल्ला अध्यक्ष तिलकप्रसाद राईको सभापतित्वमा सचिव अर्जुन जम्नेली राईले साचालन गर्नुभएको थियो । महासचिव राई लगायतका सो टोली झापा सुनसरी लगायतको जिल्लाहरुमा समेत सातौ राष्ट्रिय सम्मेलनलाई बृहतरुपमा सफल पार्न जिल्लाका नेतृत्वसंग छलफल भइरहेको केन्द्रीय संगठन बिभाग प्रमुख तिलक राईले बताए ।

मनकामनामा निर्वाचन

पथरीमोरङको पथरी स्थित मनकामना बचत तथा ऋण सहकारी सस्था लिमिटेडको साचालन समितिको लागि बुधबार चुनाव भएको छ ।
समितिको मंगलबार भएको १२ औ बार्षिक साधारण सभामा ११ जनाको कार्य समितिको लागि १९ जनाले मनोनयन दर्ता गरेपछि बुधबार निर्बाचन भएको हो ।समितिको अध्यक्षमा सोमनाथ निरौला पुन अध्यक्षमा निर्बिरोध निर्बाचित भएका छन् । एक जना उपाध्यक्ष्मा मोहन तुम्बाफो र कृष्णराज बेघा चुनावी प्रतिष्प्रदामा उत्रिएका छन् । सचिवमा युवराज भट्टराई निविरोध निर्बाचित भएपनि सह सचिवमा भारती बराल र बालकुमारी लामा प्रतिष्प्रदामा उत्रिएका छन् । कोष अध्यक्षमा केदार पोख्रेल निर्बिरोध निर्वाचित भएको निर्वाचन आयुक्त चण्डीप्रसाद राईले बताए । ६ जना सदस्यहरुको लागी लोकनाथ लुइटेल रामप्रसाद न्यौपाने हरीप्रसाद गड्तौला चेतन पौडेल डिल्ल्ािप्रसाद पराजुली विजयप्रकाश राई गोमादेवि पौडेल यसोधा गौतम विमलादेवि निरौला सरीता राई झुमा खत्री र पबिता लामिछाने गरी १२ जना प्रतिष्प्रदामा उत्रिएका छन् । लेखा समितिमा भक्त खड्काको संयोजकत्वमा मिनबहादुर ठकुरी र कमलबहादुर भट्टराई निर्बिरोध निर्बाचित भएको निर्वाचन समितिले जनाएको छ ।

दुर्घट्नामा एकको मृत्यु

पथरीमोरङको बेलबारीमा बुधबार अपरान्ह भएको दुर्घटुनामा परी एक जनाको घट्ना स्थलमै मृत्यु भएको छ पश्चिम गइरहेको को १ ख १९६३ नम्बरको यात्रुबाहक बसले ठक्करबाट बेलबारी-८ को रिपु मर्दन भण्डारीको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबरीले जनाएको छ । जनजातिहरु राजनीतिकरुपमा अगाडि बढ्न आबश्यक

Tuesday, October 6, 2009

मनकामनाको १२ औ साधारण सभा

पथरी÷मोरङको पथरी स्थित मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज १२ औ बार्षिक साधारण सभा मंगलबार पथरीमा भएको छ ।सभाको उद्घाटन कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेडको केन्द्रीय महासचिव धनश्याम खतिवडा जिल्ला सहकारी संघका अध्यक्ष भुपाल जिमी जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष तारानाथ काफ्ले लगायतले बोल्नु भएको थियो ।बन्दसत्र पछि संस्थाको नयाँ कार्यसमितिको लागि निर्वाचनहु सो सस्थाको निवर्तमान अध्यक्ष सोमनाथ निरौलाले बताउनु भयो । समितिको ११ जनाको समितिको लागि एक अध्यक्ष दुई उपाध्यक्ष सहित १४ जनाले मनोनयन दर्ता भएको निर्वाचन आयोगका प्रमुख मेघनाथ ओझाले बताउनु भायो । उद्घाटन कार्यक्रमको समापन पछि निर्वाचन हुने बताईएको छ ।
अर्जुन जम्नेली राई

उद्घोषण तालिम शुरु

पथरी÷मोरङको बयरबन गाविसका महिलाहरुलाई शसक्तिकरण गर्दे उदेश्यले मदन भण्डारी स्मृति प्रतिष्ठानले मंगलबारदेखि पाँचदिने उद्घोषण तालिम शूरु गरेको छ ।रमेश भट्टराई र गिरीराज भण्डारीले सहजिकरण गरिने सो तालिममा स्थ्ानीय ४० जना महिला सहभागीता रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानका सामाजिक परियोजना प्रमुख रुद्र तामाङ्गले बताउनु भयो ।

Monday, October 5, 2009

लिम्बूवान आन्दोलनको सहिदको श्रद्धााजली सभा

पथरी÷लिम्बूवान आन्दोलनको क्रममा तीन बर्ष अघि प्रहरीको गाली लागी मृत्य भएका राजकुमार आङ्देम्बेको माच सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद मोरङले मंगलबार पथरीमा श्रद्धााजली कार्यक्रमको आयोजना गरेको छ ।माचको जिल्ला कार्यालयमा भएको कार्यक्रममा माच सम्बद्ध परिषदका केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर गुरुङ्ग धिमाल स्वायत्त राज्य परिषदको केन्द्रीय संयोजक बाङ्गाई धिमाल जिल्ला अध्यक्ष देउमान लिम्बू लगायतले बोल्नु भएको थियो । आङ्देम्बेको २०६३ असोज २० गते झापाको कमल खोलामा प्रहरीको गोली लागी मृत्यु भएको थियो ।

कोचिलाको माग गर्दै गरिएको बन्दको अंसिक प्रभाव

पथरी÷तराईको आदिबासी जनजातिहरुको छाता सस्था कोचिला स्वायत्त राज्य परिषदले पूर्बी तराइको चारवटा जिल्लालाई कोचिला राज्यको माग गदै आज आयोजित यातायात बन्दले यात्रुहरु प्रभावित भएका छन् ।मंगलबार विहानैदेखि यातायात एक्कासी बन्द भएको कारण मोरङको बेलबारी कानेपोखरी उर्लाबारी लगायतका स्थानमा यात्रुहरु अलपत्र परेका छन् । मोरङको कानेपोखरीमा बन्द गर्न बसेका १२ जना आफ्ना कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको परिषदको केन्द्रीय सचिव बद्री राजवंशीले बताउनु भयो । यता इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी निरीक्षक दिलबहादुर सुबेदीले भने सोधबुझ गरेर सबै कार्यकर्ताहरुलाई छाडिएको बताउनु भएको छ । परिषदले पूबी तराईको इलाम झापा मोरङ र सुनसरी जिल्लालाई कोचिला स्वायत्त राज्यको माग गर्दै पहिलो पटक यातायात बन्द गरेका हुन् । एकिकृत माओवादी समर्थित कोचिला राष्ट्रिय मुक्ती मोर्चाका मोरङ जिल्ला सचिव बेदनारायण कोचले समेत कोचिलाको माग गरिएकोहुनाले आफ्नो संगठनको समेत नैतिक समर्थन रहेको बताउनु भएको छ ।

नानिहरु संग माओवादी जनसेनाका महिलाहरु…


कानेपोखरी जंगलमा दिउसै यात्रुबाहक बसमा लुटपाट

पथरी-मोरङको कानेपोखरी सडक खण्डमा सोमबार दिउसो पूर्व गइरहेको ना ३ ख ५९ नम्बरको यात्रुबाहक बसमा लुटपाट भएको छ । कानेपोखरी वीच जंगलमा को १ ख २८४० नम्बरको मोटरसाइकलमा बसेका दुई जना ब्याक्तीले गाडी रोक्न इसारा गरेका थिए । उनीहरुको इसारामा बस नरोकिए पछि ती लुटेराहरुले बसलाई पछ्याएर मोरङ्गी खोलाको पुलपूर्ब बस रोकेर चालक राजु क्षेत्रीलाई कुटपिट गर्नुको साथै कन्डक्टर संग भएको १३ सय नगद लुटपाट गरी लुटेराहरु पश्चिम फर्केको कन्डक्टर राम बस्नेतले बताए । सो लुटेराहरुको खोजी भइरहेको पथरी चौकी प्रमुख भोगेन्द्र लावतिले बताए । बस रोकेपछि चाबी खोसेर गाडी अगाडि बढाए पथरी बजारमा रहेका साथीहरुले कुटपिट गर्ने धम्की दिदै पैसा खोसेको कन्टक्टर बस्नेतले बताए ।
अर्जुन जम्नेली राई

सामुहिक बलत्कार गरेको अभियोगमा एक पक्राउ

पथरी-मोरङ हसन्दहकी एक २० बर्षिय युवतिलाई समुहिक बलत्कार गरेको अभियोगमा हसन्दह-८ को तेजेन्द्र लुइटेललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।दुईदिन अघि छिमेकीको घरमा भएको भजनकृतनबाट घर फिर्दै गर्दा तीन जनाको समूहले ऋषिदेव थरकी युवति बलत्कृत भएकी थिइन् ।बलत्कारमा संलग्न भएको अभियोगमा लुइटेललाई प्रहरीले नियन्त्रणमा लिएका हुन् । त्यस घट्नामा संलग्न अन्य दुईजना फरार रहेको शसस्त्र प्रहरी बेश क्याम्प शनिश्चरेको प्रहरी निरीक्षक प्रदिप थापाले बताए ।

Sunday, October 4, 2009

दुर्घट्नामा एक शरणार्थी घाइते

पथरी-मोरङको पथरी जिरिखिम्ति सडक खण्ड अन्तरगत शनिश्चरे भुटानी शराणार्थी शिविर नजिकै पश्चिम गइरहेको बा ६ च १६५ नम्बरको सेन्ट्रोकारले ठक्कर दिदा एकजना शरणार्थी गम्भीर घाइते भएका छन् आइतबार साँझ ७ बजे भएको सो दुर्घट्ना शरणार्थी शिविर सेक्टर एल ३ छाप्रा नम्बर १६ को ४० बर्षिय घनश्याम तिवारी घाइते भएका हुन् । जंगलबाट घाँस लिएर आउदै गर्दा कारले ठक्कर दिएको प्रहरीले जनाएको छ । कारको ठक्करले टाउकोमा चोट लागेको तिवारीको पथरी स्थित नसर्िङहोममा उपचार भइरहेको शरणार्थी शिविर स्थित शसस्त्र प्रहरी नायव निरिक्षक केशव सुबेदीले बताउनु भयो । दुर्घट्नापछि घाइतेका आफन्तहरुले केहीबेर सडक अपरुद्ध गरेका थिए । ठक्कर दिने कारसहित चालक श्रीकान्त दासलाई प्रहरीले नियन्त्रणमा लिएका छन्
अर्जुन जम्नेली राई

प्रतिबन्दित डाइस खुलाम खुल्ला प्रहरी मुकदर्शक

अर्जुन जम्नेली राई
पथरी-पूर्बी मोरङको बिभिन्न शहरका चौकहरुमा प्रतिबन्दित जुवा जन्य खेल डाइस नेपाली चाड दशैं र तिहारको नाममा खुलामखुल्ला खेलाइन्दै आएको छ । दशैंको शुरुवात संगै मोरङको पथरी शनिश्चरे लेटाङ लक्ष्मीमार्ग र उर्लाबारी लगायतका बजारको विभिन्न चौकहरुमा प्रतिबन्दित डाइस खेलाइन्दै आएपनि प्रहरी प्रशासनले कुनै चासो नदिएकोमा स्थानीयबासीहरु गुनासो गर्न थालेका छन् ।शसस्त्र प्रहरी बेश क्याम्प नजिकै रहेको शनिश्चरे बजार प्रहरी चौकी र सुरक्षा बेश क्याम्प समेत रहेको पथरी बजारको विभिन्न चौकमा दैनिकरुपमा डाइसको मेला लाग्ने गरेपनि प्रहरीले अहिले सम्म कसैलाई कारबाही गरेको छैन् । पथरीको कृष्ण किराना पसल छेउ र सिनेमाहल नजिक बजारलाईन मा दैनिकरुपमा डाइस खेलाउने र खेल्नेहरुको बजार लाग्ने गरेको छ ।यस विषयमा इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी निरीक्षक चक्रबहादुर बस्नेतले डाइस तत्काल हटाउन पथरी चौकी प्रमुख भोगेन्द्र लावतिलाई निर्देशन दिने बताए । लेटाङका प्रहरी निरीक्षक राजेन्द्र थापाले भने आफूहरु डाइस पक्रन जादाँ भाग्ने गरेपनि फेरी आएर खेलाउने गरेकोले गैरकानूनी कार्यगर्ने उनीहरुलाई नियन्त्रणमा लिएर कारबाही चलाईने बताउनु भयो । शसस्त्र बेश क्याम्प शनिश्चरेका प्रहरी निरीक्षक प्रदिप थापा र बेलबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिलबहादुर सुवेदी संग भने सम्पर्कहुन सकेन् । चाडको नाममा दैनिक पेशाकै रुपमा डाइस खेलाउनेहरुले भने प्रहरी प्रमुखलाई नजराना तथा दैनिक हजार भन्दा बढीको खानपान गराएपछि डाइस खेलाउन दिएको बताएका छन् । उपभोक्ताहरुले बजारमा बिभिन्न बस्तु किनमेल गर्न ल्याएको पैसा डाइसमा हानेपछि घरझगडा समेत हुनेगरेको बुझिएको छ ।

Saturday, October 3, 2009

प्रेमीले धोका दिदा युवति लिङ्गेपिङमा झुण्डिएरु मृत्यु

पथरीमोरङको हसन्दह-४ की १७ बर्षिय युवति टुकमाया खड्का सुक्रबारराति दशैंमा लगाएको लिङ्गेपिङमा आफै झुण्डिएर मुत्यु भएकी छिन् ।आफ्नो प्रेमीले आर्की महिला संग प्रेम गर्नथालेको थाहा पाएपछि राति करिव १० बजे घरैछेउमा लगाएको लिङ्गेपिङको डोरीमा झुण्डिएर खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी सहायक निरीक्षक गौरब सुब्बाले बताउनु भयो ।अर्जुन जम्नेली राई

रोकिएको बसलाई ठक्कर दिदा ८ जना घाइते

पथरीमोरङको शनिश्चरे स्थित भुटानी शरणार्थी शिविर छेउमा रोकिराखेको मे १ ख ९६२ नम्बरको यात्रुबाहक बसलाई शनिबार अपरान्ह पूर्व गइरहेको मे १ ख ११६२ नम्बरको बसले ठक्कर दिदा ८ जना यात्रुहरु घाइते भएका छन् ।घाइते हुनेहरुमा सुनसरी धरान-१२ को सुलोचना विष्ट रेखा सेडाई मोरङ राजघाट-३ को तिला सुवेदी तोपगाछी-७ झापाको पूर्णबहादुर थापा भूमिका थापा काठमाडौं-१ हाडिगाँउको कुमार प्रधान कमला प्रधान र लक्ष्मीपुर-९ इलामको उमेश राई घाइते भएका हुन् । अघिकांश घाइतेहरु ठक्कर रोकिराखेको बसलाई ठक्कर दिने मे १ ख ११६२ नम्बरको बसका यात्रुहरु रहेका छन् । घाइतेहरुका पथरी स्थित नसर्िङ्गहोममा उपचार भइरहेको पथरी चौकीले जनाएको छ ।

Friday, October 2, 2009

१९७४ एडीले झुमाए दर्शक


मोरङ-टनटलपुर घामको त्याहा कुनै प्रर्बाह थिएन । एक बजेको चर्को घाममा पसिनाले भिजेका युवायुवतिहरुको ठूलो भीडले भनिरहेका थिए एडि्रन दाई एडि्रन दाई…। दशैंको अवसर पारेर मोरङको उर्लाबारीका ुरक भिजनु नामक सस्थाले शनिबार असोज-१० आयोजित कन्सर्टले पूर्वका संगीत पारखी युवा जमातलाई उच्च स्तरिय मनोराजन प्रदान गरेका थिए बिभिन्न कलाकारहरुको प्रस्तुति भइरहदा पनि चर्को माग भइरहे एडि्रनको । जब १९७४ एडीको भोकलिष्ट एडि्रन प्रधान आफ्नो बाध्यबादन सहकर्मीहरु संग माचमा पसे युवा जमातले ठूलो हल्लाले स्वागत गरे । ुनमस्ते एभि्रबडीु प्रधानले दर्शकलाई स्वागत गरे लगतै शूरु भयो मुटुनै थर्किने संगीतको झन्कार । हेर्दा एकै उमेरका जस्ता देखिने तन्नेरी दर्शकका साथ पाएका प्रधानले ुजसो गर जे भन जतासुकै लैजाउ मालाई मन त मेरो नेपाली हो…। गीत गाउदा त्याहा नझुम्ने कमै देखिन्थे । ुयो जमघटले तपाईको माया र प्रेम स्पष्ट देखिरहेको छु दर्शकलाई थप उचाल्दै प्रधानले एकपछि अर्को गर्दै ुमुटु भरी भरी… ुछुदैन तिम्रो मायाले… ुगुराँसै फुल्यो बनैमा…। लगायतका गीतहरु प्रस्तुत गरिरहदा संागीतिक नसामा डुबेका युवायुवतिहरु कोही एकले अर्कालाई माथि उचालिरहेका देखिन्थे भने कोही लगाएको लुगा भेष्ट सट खोलेर माथि माथि फालेर चरम आनन्द लिइरहेका देखिन्थे । चर्चित ब्यान्ड १९७४ एडीको प्रस्तुती हेर्न इलाम झापाको काकडभिट्टा मोरङको विराटनगर सुनसरीको धरान इटहरी लगायतको शहरहरुबाट उर्लाबारीको नेपाल दर्शन उच्च मावि आएका थिए । कार्यक्रममा गायक हिमाल सागरले ुहाँसेर बोलीदेउन मेरी निसा… सहित ३ वटा गीत प्रस्तुत गरेका थिए । सो कार्यक्रममा स्थानीय कलाकारहरुले समेत गीत प्रस्तुत गरी दर्शकलाई मनोराजन प्रदान गरेका थिए । -अर्जुन जम्नेली राई

बसको ठक्करबाट एक घाइते

मोरङको पथरी जयचौक सडक खण्डमा सुक्रबार अपरान्ह पूर्व गइरहेको को १ ख २४०१ नम्बरको यात्रुबाहक बसले ठक्कर दिदा पथरी-५ को साइकल यात्री केबलमान भारती गम्भीर घाइते भएको छ ।साइकलमा पूर्व गइरहेको भारतीलाई बसले ठक्कर दिएपछि उर्लाबारी मंगलबारे स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार संभब नभएपछि धरान बी।पी।sाेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईको पथरी चौकी प्रमुख भोगेन्द्र लावतिले बताउनु भयो । भारतीलाई ठक्कर दिने बस भने इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा रहेको छ